Breaking

यू १९ विश्वकप प्रिभ्यु : कस्तो छ नेपाल रहेको समूह डी र ?


काठमाडौँ – जनवरी १९ देखि दक्षिण अफ्रिकामा सुरु हुने आईसीसी यू-१९ विश्वकपका लागि सबै १६ टोली तयारी अवस्थामा छन् ।

नेपालले पनि ८ वर्षपछि यू-१९ विश्वकपमा पुनरागमन गरेको छ । यस पटक फरक फर्म्याटमा हुने लागेको यू१९ विश्वकपमा नेपाल समूह डी मा छ ।
नेपाल रहेको समूहमा एसियाकै तीन राष्ट्रसहित न्युजिल्याण्ड छन् ।

नेपालले केही समयअघि यू१९ एसिया कपमा खेलेको दुई टोली पाकिस्तान र अफगानिस्तान पनि यही समूहमा छ । पाकिस्तानले दुई पटक यू१९ विश्वकपको उपाधि समेत जितेको छ । यस समूहको पहिलो खेल जनवरी २० मा पाकिस्तान र अफगानिस्तानबीच हुनेछ ।