Breaking

त्रिशूली नदीमा ‘गाडी खसेको’ सूचना, गोताखोरको टोलीले खोज्दै


काठमाडौँ – नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका- ५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा ‘गाडी खसेको’ सूचना पाएपछि गोताखोरको टोली परिचालन गरिएको छ । अहिले गोताखोरको टोली डुंगा लिएर त्रिशूली नदीमा प्रवेश गरेर खोजिरहेको छ ।

मुग्लिन प्रहरीका अनुसार आज बिहान सवा चार बजेतिर त्रिशूली नदीमा गाडी खसेको भनेर स्थानीयले खबर गरेका थिए । तर उक्त गाडी कहाँबाट कहाँ जाँदै थियो, कस्तो प्रकारको गाडी हो भन्ने केही खुलेको छैन । नदी किनारमा एउटा फलामको टुक्रा र भारतीय नम्बर प्लेट भेटिएको छ । तर त्यो अहिलेको हो वा पुरानो हो भन्ने पनि खुलेको छैन ।