Breaking

राष्ट्रपतिले संसदीय दलका नेतालाई शीतल निवास बोलाए


काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले सबै संसदीय दलका नेताहरूलाई शीतल निवासमा बोलाएका छन् ।

माघी पर्वका अवसरमा संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरूलाई आज बिहान ११ बजेका लागि निम्ता दिएका हुन् । माघी पर्वका अवसरमा शुभकामना आदानप्रदान गरिने बताइएको छ ।

आज माघे सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ ।