Breaking

अध्यक्ष बन्नका लागि रेशमले ढाँटे महाधिवेशन प्रतिनिधिलाई


काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष बन्नका लागि रेशम चौधरीले आफ्नै पार्टीका नेताहरूलाई नै ढाँटेको खुलेको छ । कैलालीको टीकापुर हत्याकाण्डमा दोषी ठहर भइसकेका व्यक्ति पार्टीको अध्यक्ष बन्न पाउँछन् कि पाउँदैनन् भन्ने प्रश्न महाधिवेशनमा उठेको थियो ।

तर चौधरीले आफूले निर्वाचन आयोगसँग परामर्श गरेर नै अध्यक्षको उम्मेदवारी दिएको जानकारी नेताहरुलाई दिएका थिए । तर निर्वाचन आयोगले भने यस बारेमा चौधरीले कुनै प्रकारको परामर्श नलिएको स्पष्ट पारेको छ । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले नागरिक उन्मुक्ति पार्टीले कुनै प्रकारको परामर्श नलिएको बताए ।

केही दिन पहिले यही विषयमा निवर्तमान अध्यक्ष रञ्जिता श्रेष्ठसँग कुरा गर्दा उनले पनि निर्वाचन आयोगसँग परामर्श गरेर नै महाधिवेशन गर्न लागेको प्रतिक्रिया दिएकी थिइन् । तर आयोगले भने चौधरी अध्यक्ष बन्ने विषयमा कुनै पनि परामर्श नभएको बताएको छ ।