Breaking

सर्लाहीमा खुल्यो बमजनको डरलाग्दो रहस्य, ढोका फोडियो, के–के भेटियो ? (भिडियोसहित)

तपस्वी कि ‘यौन शोषक’?


काठमाडौँ – सर्लाही जिल्ला अदालतले तपश्वीको भेषमा आश्रम खोलेर अपराधका शृखंला मच्चाएका रामबहादुर बमजनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ । आज जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो ।

म तपस्वी हुँ, बाहिरी संसारको मतबल छैन भन्दै सांसारिक मोह र शुख सयलमा र्चुलुम्म डुबेका कथित तपस्वी रामकुमार बम्जनलाई कुनै टुनामुनाले काम गरेन । फलतः उनलाई हतकडीसहित न्यायालयको कठघरामा उभ्याईएको छ । तपश्वीको भेषमा आश्रम खोलेर अपराधका शृखंला मच्चाएका बमजनलाई जिल्ला अदालत सर्लाहीका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । विहीबार पीडित पक्षको वहश सकिएपछि अदालतले बम्जनसँग थुनछेक वहश गरेको थियो ।

प्रतिवादी बमजनका तर्फबाट पाँच जना र वादीको तर्फबाट दुई जना सरकारी वकिलले बहस गरेका थिए । बम्जनले पटक–पटक बलात्कृत भएर मानसिक र शारीरिक यातना समेत दिएको भन्दै १४ वर्ष सजाय मागदावी गरि २०७७ असारमा मुद्दा दायर भएको थियो । अब बमजनलाई थुनामै राखेर थप अनुसन्धान अघि बढ्नेछ ।

जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा बम्जन तपस्वी नभई ‘यौन शोषक’ भएको दाबी गरिएको छ । अदालतमा वयानको क्रममा पनि पीडित किशोलीले बम्जनले पटक–पटक बलात्कार गरेको र घटना अरुलाई जानकारी भएपछि त्यसलाई लुकाउन आफूमाथि ८ लाख रुपैयाँ चोरीको आरोप लगाएको बयान दिएकी छिन् । बलात्कारपछि बम्जनकी श्रीमती दीपशीखा बम्जनले समेत कुटपिट गरेको बयानमा उल्लेख छ । सरकारी वकिलको प्रतिवेदनमा पनि २०७३ साउन २० गते ती युवतीलाई ललाई–फकाई बम्जनले आफ सुत्ने कोठामा ल्याएर मुख थुनेर जबर्जस्ती करणी गरेको उल्लेख गरेको छ ।

बम्जनले मलाई तिम्रो शरीर चाहिन्छ भन्दै बहिनीलाई पटक–पटक बलात्कार गरेको वयान पीडितका दाजूले दिएका छन् ।
उनीविरुद्ध हत्या र वेपत्ता गरेको आरोप पनि छ । तर ज्यान मारेको प्रमाण समेत नराखेका उनीविरुद्ध प्रमाण नै नपुग्ने अधिवक्ताहरु दाबी गर्छन् । ज्यान मारेको अभियोग पुष्टि भएमा उनी २५ वर्षसम्म जेल जान सक्नेछन् ।

अहिले पुर्पक्षका लागि थुनामा राखिएपनि उनी जेल नै गइकेका भने होइनन् । उनीमाथि थप अनुसन्धान हुनेछ । बम्जन छुट्न सक्ने सम्भावना पनि देखिन्छ । किनभने बाल यौन दुराचारको सोही मुद्दामा उनीसँगै प्रतिवादी बनाइएका महात्मा गुरु भनिने ज्ञानकुमार बम्जन र जेबी गुरु भनिने जितबहादुर तामाङ यसअघिनै एक–एक लाख धरौटीमा रिहा भइसकेका छन् । तर चार वर्षपछि हात लागेका उनलाई प्रहरीले यत्तिकै छाड्नेवाला भने छैन ।

चार वर्षदेखि प्रहरीलाई चक्मा दिएर फरार रहेका बम्जनलाई मंगलबार सीआईबीले पक्राउ गर्दाको घटना भने बढो रोचक छ । घर पत्ता लगाएर प्रहरी त्यहाँ पुग्दा घरको मूलढोका बन्द थियो । एक्कासी घरमा जादा बम्जन भाग्न सक्ने कुरामा प्रहरी चनाखो थियो ।विगतको पृष्ठभूमी हेर्दा

सुरुङ खनेर भएपनि भाग्ने बम्जनको चातुर्यता बुझेको प्रहरी संयमित बन्यो र केही समय कु¥यो । बम्जन पनि कम थिएनन, प्रहरी जुनबेला पनि घर पस्नसक्नेमा सचेत उनले घरको चारैतर्फ रातीको दृश्य पनि सहजै नियाल्न सक्ने सुविधायुक्त नाइट भीजन सीसी क्यामेरा जडान गरेका थिए । बम्जनसम्म कसरी पुग्ने भनेर एक घण्टा प्हरी घोत्लिएरै बसेको थियो । तर यही बिचमा ढुंगा खोज्दा देउता पाएजस्तो एकजना उनको घरमा पानीको जार पु¥याउने मानिस टुपलुक्क आइपुगे । उनले घरको बेल बजाए । बम्जन परिवारले पनि विश्वास गरेर ढोका खोल्यो ।

त्यही मौकामा प्रहरीको हुल पनि घरभित्र छि¥यो । संयोग नै मान्नुपर्छ त्योबेला सीसीटीभी मनिटरिङ गर्ने रुममा पनि कोही थिएन । घरमा खानपीन चलिरहेको थियो । पहिलो तल्लामा केही नदेखेको प्रहरी दोश्रो तल्लामा जाँदा रुमभित्र पनि अर्को सेपरेट रुम थियो । त्यसलाई प्रहरीले बंकर भनेको छ । तर प्रहरीले जे खोजेको थियो त्यो भन्दा पनि चक्मा दिने चिज त्यही बंकरभित्रको लकरमा थियो ।

लकरको चाबी बम्जनकी बाँठी श्रीमतीले दिन मानिन् र प्रहरीले ढोका फोड्यो । तवस्वीको भेषमा कुवेरको भण्डारा देखेपछि प्रहरी आफैँ चकित प¥यो । उनीमाथि सिन्धुली क्याम्पमा बलात्कार मुद्दा, मकवानपुरको एक र नुवाकोट किशोरीसहित ३ जनालाई बेपत्ता बनाएको मुद्दा पनि छ । आश्रममा बस्ने अनुयायीको हत्या, बेपत्ता तथा यौन हिंसाको कैयन उजुरी उनीविरुद्ध छन् । उनले एक ठाउँबाट सफाई पाइहाले पनि पाएपनि जुनजुन जिल्लामा मुद्दा छ त्यहाँसम्म खेदाएर कारागार पु¥याएर मात्रै प्रहरी यो अपरेशनलाई सफल मान्ने निचोडमा छ ।