Breaking

प्रचण्डलाई एकपछि अर्को सफलता : एमालेलाई डामे, देउवाको नाडी छामे, अबको बाटो के ? (भिडियोसहित)


काठमाडौँ – अहिले राष्ट्रियसभा निर्वाचन केन्द्रीत भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकार एक बर्ष कटेको र गठबन्धन वलियो बनेकोले पुलकित छन् । त्यहि अवसरमा टिआरसी समेत राष्ट्रिय सभाका पदसंग एमालेलाई साट्न खोजेका उनी असफल यो कदम पनि खुसि नै छन् । यसले प्रतिपक्षीको वलियो हैसियतामा नैतिकताको लगाम लागेको बुझेका उनका अवका कदम के हुन्छन त ?

तीन पटक प्रधानमन्त्री हुदाँ समेत एक बर्षे कार्यकालको अनुभव गर्न पाउछु कि पाँउदिन भन्ने डरमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले खुसिले गदगद छन् । नहुन पनि कसरी उनी अब लगभग आफ्नो पालो पुर्यान पाउनेमा आत्मविश्वासी बन्न थालिसकेका छन् । प्रतिपक्षी एमाले राष्ट्रिय सभामा विटुलिएको छ भने आफूले चाहे के हुनसक्छ भन्ने सन्देश कांग्रेसलाई दिईसकेका छन् ।

सवैभन्दा मुख्य कुरा राष्ट्रिय सभामा पहिलो दल बन्ने बाटोमा रहेको माओवादीको अवस्थाले उनी हर्ष विभोर छन् । देशमा एकपछि अर्को हुँदै आएका काण्ड आफै विषयान्तर हुनु,प्रतिपक्षीलाई नै प्रयोग गरेर सत्ता गठबन्धन बलियो हुनु उनका लागि सफलताका विषय बनेका छन् । यहि विचमा अब धक्का दिने गरि अघि बढ्ने दावी गरेका उनी राष्ट्रिय सभाको निर्वाचनपछि अर्थात माघ ११ पछि मन्त्रीपरिषद फेरबदलको बाटोमा छन् ।

राष्ट्रिय सभाको अध्यक्षसंग अर्थमन्त्री साट्न सकिने वा गृह र अर्थ हेरफेर गर्ने रणनितिमा रहेका उनी यसले प्रहार गर्न सकिने राम्रो टिम बन्नेमा आशावादी छन् । जसले मुख्य समस्याका रुपमा देखिएको देशको अर्थतन्त्र सुधार्न सकिने बाटोमा अघि बढ्न सकिने उनको बुझाई हुनसक्छ । त्यस्तै यहिविचमा राप्रपालाई कोशीमा सभामुखमा समेट्ने काममा समेत उनी सफल भएका छन् । जसले राप्रपाको एजेण्डा र बाटोको दोग्लापन बाहिर आउदा कांग्रेसभित्रै देखिएको एउटा विद्रोह समेत व्यवस्थापन भएको छ ।

त्यस्तै सचिवालय हेरफेर समेत गरेर नयाँ सन्देश दिने बाटोमा रहेका उनी आफ्नो पालो नजिकिदै गर्दा देउवालाई साईजमा राख्ने फाईदा कै समयमा नै पनि छन् । अर्थात अब फाईनल लडाई नै हुने झै माओवादी नेताहरु प्रस्तुत भईरहेका छन ।

यता सत्ता गठबन्धनले टिआरसी विधेयकलाई पूर्ण रूप दिन प्रमुख प्रतिपक्षी दल एमालेको ग्रीन सिग्नल कुरेको जनाएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सहमतिमा टुंगो लाग्ने र आगामी अधिवेशनबाट पास हुने बताएका छन् । अबका आठ–दश दिनसम्म शीर्ष नेताहरूसँग पनि अनौपचारिक छलफल गर्ने र विधेयकलाई टुंगोमा पु¥याइने उनको भनाइ छ ।

जहाँ राष्ट्रिय सभामा एमालेलाई समेट्ने प्रचण्ड प्रयास कारण समेत यहि विधेयक हुदाँ अहिले एमालेकै नेताहरुले ९टिआरसी० लाई सकेसम्म सहमतिबाट र नभए बहुमतीय प्रक्रियाबाट टुंगो लगाउन प्रस्ताव गरेका छन् । जुन प्रचण्डका लागि खुसिको कुरा बन्दा सत्ता गठबन्धन पनि अहिले एक ढिक्का देखिएको छ । पालो पाउन्जेल प्रचण्डलाई दिने बताउने सत्तारुढ दलका नेताहरु त्यतिन्जेल पर्खिने बाटोमा छन् । यसले काम गर्न प्रचण्ड अझ स्वतन्त्र हुने विश्लेषण गरिदा तत्काल एमाले पनि केहि गर्न नसकिने मनशायमा पुगेको छ ।

हुन त सत्ता गठबन्धनमा फाटो ल्याउने एमालेको प्रत्येक पल्टको प्रयास प्रचण्डले असफल पार्दै आएका छन् । त्यसमा देउवाको मौनता नै मुख्य कारण बन्दा पालो हस्तान्तरणसम्म केहि परिवर्तन जनतालाई महसुस गराउनै पर्ने दवावमा प्रचण्ड छन् । यदि त्यसो नभए पार्टि र आफ्नो छवी सुधार्ने उनको लक्ष्य पुरा नहुने अवस्था बन्दा उनले नेृतत्व छोड्लान त प्रश्न त्यहा छ । यहि अवस्था गठबन्धनका लागि घातक बन्न सक्दा अब कडा प्रतिपक्षीका रुपमा अघि बढ्ने एमालेको तयारीमा पनि प्रचण्डका लागि चुनौती नै हो । यद्यपि जो जो भएपनि गठबन्धन नभई सत्ता निर्माण गर्न नसकिने अवस्थाले उनी नै पाँचबर्षे नेतृत्वको बाटोमा अग्रसर नहोलान भन्न सकिने अवस्था पनि छैन् ।