Breaking

चर्चितहरू नै चरित्रहीन, ‘स्त्री बम’को शिकार कि यौन पिपासु ? को–को छन् सूचीमा (भिडियोसहित)

यौन काण्डमा डामिएका VIP


काठमाडौँ नेपालमा अहिले समाजका प्रतिष्ठित व्यक्तिहरू नै यौन शोषणमा संलग्न भएको भन्दै पक्राउ परिरहेका छन् । समाजमा भीआईपी भनेर कहलिएकामाथि लाग्ने गरेका आरोप र अदालतले सुनाएको फैसलाले उनीहरूको बनिबनाएको प्रतिष्ठा त गुमेको छ नै, साथै ठूलो मेहनत र परिश्रमले सिढी चढ्दै गरेको भविष्यलाई पनि एक्कै चोटी भूईमा पु¥याएको छ ।

चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछाने र धार्मिक अभियन्त भनिने रामलाल बम्जनको नामले यतिखेर नेपाली राजनीतिलाई तरंगित बनाईरहेको छ । लामिछानेले गौशाला २६ माथि गरेको यौन दुराचारको मुद्दालाई काठमाडौं जिल्ला अदालतले ठहर गर्दै आठ वर्षको जेल सजाय सुनाएको छ भने, बम्जनलाई पनि हत्या, बेपत्ता र बलात्कारको अभियोगमा पक्राउ गरेर प्रहरीले नियन्त्रणमा राखेको छ । एकलाई दोषी करार र अर्कालाइ््र्र पूर्पक्षको लागि कारागार पठाउने अदालतको आदेशका बीच दुइ्र्र घटनाले समाज तरंगित बनाएको छ ।

हालसाललाई यी दुई घटना ततत्तातो भएपनि समाजमा यस्ता घटनाहरूको थुप्रो छ । अभिनेता पुर्णविक्रम शाह उर्फ पल शाह, नेता कृष्णबहादुर महरा, अर्का धर्मगुरू सिद्ध बाबा भनिने कृष्णदास गिरी कोही पनि बलात्कारको मुद्दाबाट अछुता छैनन् । नेता, कलाकार, खेलाडी,प्रहरी र धर्मगुरू हरुनै धमाधम यौन दुराचार मुद्दामा नाम जोडिएपछि धेरैले यसलाई संयमित हुन नसेको अर्थात बुझेकाछन् ।

पैसा, शक्ति र यौनका लागि मानिस जे पनि गर्न तयार हुन्छन् । मानवको मनोरथ सबैभन्दा बढी यिनै तीन कुरामा हुने हुँदा सबैभन्दा बढी पनि यसैमा फस्ने गरेका छन् । जसका कारण चर्चित भएका समाजका प्रतिष्ठित भीआईपीहरू नै स्त्री मोहका कारण फस्ने गएका छन् । तर, पछिल्लो समय एकपछि अर्को गर्दै समाजका प्रतिष्ठित व्यक्तिहरू नै एक पछि अर्को गर्दै यौन शोषणमा संलग्न भएको घटना आउनुले कयौं प्रश्नहरू तेर्सिएका छन् । केही एकथरिले त यसलाई नियोजितसम्म भत्र भ्याएका छन् ।

बाग्लुङ्गबाट गण्डकी प्रदेशका सांसद बनेका कृष्ण पाठकले देशको होनहार खेलाडीलाई बलिको बोको बनाईएको भन्दै असन्तुष्ट छन् भने, बम्जनलाई पनि चर्चित भएकै कारण फसाईएको हुन सक्ने वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेको बुझाई छ । फल नफलेको वृक्षमा कसैले ढुंगा नहात्रे हुँदा फल फलेकै रुखमा झटारो हात्रे प्रचलनको शिकार भएको टिप्पणी हुन थालेको छ । नेपालमा अघि बढ्यो कि पछाडिबाट समाईहाल्ने भ्यागुते सिद्धान्त हाबी हुँदा चर्चित पात्रहरू बढी फस्ने गरेको उनको कार्यअनुभव छ ।

स्त्री मोह कै कारण रामायण, महाभारत जस्ता ठूला ठूला युद्ध भएको धार्मिक इतिहासिक अझै पनि सुत्र र पढ्न पाइन्छ । लामिछाने र बम्जनको मुद्दालाई एउटै तराजूमा राखेर जोख्न नमिले पनि आफ्नो प्रतिष्ठालाई सम्हाल्न नसक्दा चर्चित व्यक्तिहरू नै यस्ता फन्दामा समातिने गर्छन् । ‘स्त्री बम’को शिकार वा साच्चिकै यौन पीपाषुहरूकै कारण यस्ता घटनाहरू दिन प्रतिदिन बढ्दै गएका छन् । मूलत नेपाल मात्रै नभए छिमेकी मुलुक भारत र अन्य देशमा पनि युवती मोहमा बाबा वा, भिआइपीहरु जाकिएका थुपै्र उदाहरण छन् । पछिलो समय स्टार्डमको आडमा नाम चलेका सामाजका प्रतिष्ठित व्यक्तिहरुले पनि आफ्नो हैसियत विर्सिदा यस्ता घटना बढेकाछन् ।