Breaking

CIV का बहादुर अफिसर धर्मराज, जसले बम्जनलाई हत्कडी लगाए, उनकै कमाण्डमा थियो ‘अप्रेसन ब्लू’


काठमाडौँ – चार वर्षदेखि प्रहरीको खोजी सूचीमा रहेका तपस्वी रामबहादुर बम्जन मंगलबार पक्राउ परेपछि अनेक अडकलबाजी सुरु भएको छ । सिआईवीको टोलीले बमजनलाई पक्राउ गरेपनि उनको हातमा कसले हत्कडी कसले लगायो भन्ने आम चासो छ ।

केन्द्रिय अनुससन्धान व्यूरो सिआईवीले तपस्वीको भेषमा खुंखार अपराध कर्ममा लागेका रामबहादुर बम्जनलाई पक्राउ गरेपछि सर्वत्र चासो बढेको छ । सिआईवीको यो सफलतामा नेतृत्वको हिसावले मुलत कमाण्ड सम्हालेकी एआईजी किरण बज्राचार्यसंगै सिंगो टिमलाई यसको जस जान्छ ।

तथापी मुल खाँबोको रुपमा किरण बज्राचार्य कमाण्डमा रहेपनि बम्जनको हातमा हतकडी कसले लगाएको भन्ने उत्सुकतकमा आम जनमानसमा छ । जुन विषयमा आज हामीले कौतुहलता मेट्ने कोशिष गरेका छौ । सिआईबीको टिममा घट्नाको प्रकृति अनुसार अनुसन्धामा पाराङगत भएका काविल अफिसर हरू छन् । त्यही मध्येका एक हुन् , प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारी । सिरुपाते जुँगा पालेका भण्डारी सादा पोशाकमा बाहीर निस्किदा प्रहरीको रूपमा उनलाई ठम्याउन जो, कोहीलाई हम्मेहम्मे पर्छ ।

भण्डारी सिआईवीको १ नम्बर पिलर इन्चार्ज हुन् ।। अनुसन्धानमा काबिल मानिएका भण्डारीको नेतृत्वमा बम्जनलाई पक्राउ गर्न सिआइवीले अप्रेशन ९ब्लू० चलाएको थियो । केन्द्रीय अनुसन्धान ब्युरोमा विगत १९ महिनादेखि कार्यरत् डिएसपीभण्डारी ले नै मगंलवार साँझबम्जनको हातमा हतकडी लगाएका हुन् ।

भण्डारीको नेतृत्वमा रहेको पिलर १ ले,जघन्य तथा संगठित अपराध अनुसन्धान गर्ने गर्छ । हत्या अपहरण, बलात्कार, बम बिस्फोटलगायत घटनाहरूको अनुसन्धान यही पिल्लरले हेर्छ । उनै भण्डारीको नेतृत्वमा मंगलबार बेलुका प्रहरीहरू रामबहादुर बम्जनलाई पक्रन काठमाडौं बुढानिलकण्ठ नगरपालिका–६ हात्तीगौंडा पुगेका थिए ।

राजशी ठाटमा मस्त सुख भोगमा रमेका बम्जन पक्राउ गर्न जादा डिसपी भण्डारीनै टोलीको अग्रभागमा थिए । उनका अन्य सहपाठी घर घेरा हालेर बसको बेला घरभित्र भण्डारी आफै छिरेका थिए । जसका लागि उनले पानी बाला छिरेको मौका कुरेर त्यही पाइलो पछ्याउँदै बमजनलाई झुक्याउन सफल भए ।बमजनलाई झुक्याएका डिएसपी भण्डारीका लागि उनकी श्रीमती बाटैमा बाधक बनिन् । तर उनले बम्जनकी श्रीमतीलाई पन्छाउँदै बम्जनलाई समात्न घरभित्र छिरे । बम्जन त्यसबेला दोस्रो तलामा थिए । भण्डारी पुगेपछि तेस्रो हुँदै घरको चौथो तलामा उक्लिए । त्यहाँबाट उनी भिरालोतर्फको जग्गामा हाम्फाले । संगसंगै हामफालेका डिएसपी भण्डारी सहितको टोलीले बम्जनलाई ठाउँको ठाउँ पक्राउ गरेर हतकडी लगायो । चारै तिर नाईटजिन क्यामेरा र घरभित्रै जिम हल खोलेर बडी मेन्टेन गरीरहेका बम्जन भण्डारीको कौशलताका अघि फिका सावित भए । ५ वर्ष देखि प्रहरीलाई चक्मा दिएर टाप कसीरहका बम्जनको बनबास संगै कारावासको यात्रा सुरु भएको छ ।

डिएसपी भण्डारी भेपबाट ल्याइएको ९ किलो र त्रिभुवन विमानस्थलबाट बाहिरिएको ६० किलो सुनको अनुसन्धान सिलसिलामा गत भदौमा दिल्ली पुगेका थिए । सुन तस्करी प्रकरणमा हङकङका दाओजिङ वाङ मुख्य नाइके भएको पत्ता लागेपछि भण्डारीलाई ब्युरोले भारत पठाएको थियो । बमजनलाई हतकडी लगाउन सफल भएका डिएसपी भण्डारी केही महिना अघि मुगुमा भएको एकै परिवारका चारजनाको हत्याकाण्डमा अनुसन्धान गर्न मुगु पुगेका थिए । अनुसन्धानमा विशेष दखल राख्ने उनि अहिले काविल र परिचीत अफिसरको रूपमा दर्ज हुँदैछन् ।