Breaking

गौशाला-२६ को तस्बिर सार्वजनिक गर्नेमाथि रास्वपाको कारबाही


काठमाडौँ – सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको हो । सापकोटाले गौशाला-२६ (परिवर्तित नाम)को तस्बिर सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै अदालती फैसलासँग जोडेर पीडितप्रति कटाक्ष गरेको पाइएकाले कारबाहीस्वरुप निलम्बन गरिएको रास्वपाले जनाएको छ ।

गौशाला–२६ लाई बलात्कार गरेको ठहर गर्दै यस मामिलामा क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले ८ वर्ष कैद सजाय फैसला गरेको थियो ।