Breaking

नैतिकता भुल्दै राप्रपा, लाज पचाएरै लियो सभामुख, प्रचण्डलाई टप्ने छेपारे चरित्र (भिडियोसहित)

राप्रपाको दोहोरो चरित्र


काठमाडौँ – नेपाली राजनीति विचार, सिद्धान्तमा आधारित भन्दा पनि पद प्राप्तिमा सीमित भएको छ । पदका लागि नेताहरू जे पनि गर्न तयार हुन्छन भन्ने मान्यता विकास हुँदै गएको छ । कोशी प्रदेशमा राप्रपाले सामान्य नैतिकतासमेत भुलेर सभामुख पद लिएको छ । पदीय भागबण्डामा नलाग्ने भन्दै संघीयताविरुद्ध आन्दोलन घोषणा गरेको राप्रपाले सभामुख पद लिएपछि प्रश्न उठेको छ ।

धन देखेपछि महादेवको पनि तीन नेत्र भनेजस्तै सत्ता र पद देखेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को पनि तीन नेत्र खुल्ने गरेको छ । अहिलेको व्यवस्था र नेतृत्वबाट परिवर्तन नदेखेको भन्दै व्यवस्था परिवर्तन गरेर प्रदेश संरचना खारेज गर्ने घोषणा गरेको राप्रपाले प्रदेशमा सभामुखको सपथ लिइरहँदा लाज पनि लजाएको छ । हुन त नेपाली माटोमा जन्मिएका नेताहरू आफू अनुकूलको भाषण गर्न लाज मान्न छोडिसकेका छन् । राजसंस्था पुनस्र्थापना गराउने अधुरो र पुराना सोच बोकेका नयाँ नेतृत्वको राजेन्द्र लिङ्देनको रङफेराइले छेपारो पनि तीनछक परिसकेको छ ।

राजावादीहरू अवसर र पद नपाएसम्म व्यवस्थाको विरोध गर्ने र अवसर मिल्ने बित्तिकै विरोधको पोका थन्काएर यही व्यवस्थालाई मान्दै सपथ लिन दौरा सुरूवालमा ठाटिएर पुग्ने गरेका छन् । केही दिनअघिसम्म मात्र प्रदेश संरचना खारिजीको माग गर्दै आन्दोलनको घोषणा गरेको राप्रपाले मंगलबार मात्रै सबै कुरा चटक्क भुलेर कोशी प्रदेशको सभामुखको सपथ लियो । पुरानो दलका नयाँ नेतृत्वकर्ता राजेन्द्र लिङ्देनको केही समयअघिको यो भनाई सुन्नुहोस् ।


यो दृश्य हिजो व्यवस्था विरोधी भाषण गर्ने राप्रपाका नेता अम्बरबहादुर विष्टले कोशी प्रदेशको सभामुखको सपथ लिदैँ गर्दा को हो । हिजो व्यवस्था विरोधी भाषण गर्ने राप्रपाका नेताको यो भनाइ पनि सुन्नु होस् ।

हिजोसम्म व्यवस्था परिवर्तन र प्रदेश संरचनाको खारेजीको माग गर्ने राप्रपा आज त्यही प्रदेशको सभामुख बन्न पुगेको छ । राप्रपाको यो चरित्र देखेर छेपारो पनि तीनछक परिसक्यो होला ।

आफ्नो दोहोरो चरित्र उदांगो हुने डरले होला भित्री रूपमा कोशी प्रदेशमा सभामुख लिने सहमति भएर सपथ लिँदै गर्दा लाज छोप्नका लागि राप्रपाले सभामुख फिर्ता बोलाउने भन्दै विज्ञप्ति जारी गरेको छ । सत्ता र शक्तिको लागि मरिहत्य गर्दैनौं भन्ने राप्रपा पनि आखिर पदको लोभमा चुर्लुम्म डुबेको उदाहरणहरू कैयन भेटिन्छन् । राजनीतिक वृत्तमा सत्ता र नेतृत्व टिकाउनका लागि अनेकौं तिगडम गरिरहेको बेला राजनीतिक विश्लेषकहरू भने अहिलेको व्यवस्था र नेतृत्व नै ०८४ सम्म नरहने दाबी गरिरहेका छन् ।

सत्ताघटक दलका नेताहरू भने व्यवस्था विरोधी राप्रपालाई यही संविधानको मर्म अनुरूप शपथ लिन लाउन पाउँदा दंग भएका छन् । राप्रपा सरकारमा सहभागी भएपछि कोशीको राजनीतिमा पछिल्लो एक वर्षमा देखिएको अस्थिरता अन्य भएको चर्चा हुन थालेको छ । प्रदेश संरचनाको खारिजको माग गर्दै हिँड्ने राप्रपा नेता सभामुख भएपछि सबै दलसँग समन्वय गरेर काम गर्ने अठोट लिइरहेका छन् । अहिलेको व्यवस्थामा सत्ता र पद नपाउँदा निर्मल निवासमा ज्यू हजुर गर्न पुग्ने लिङ्देन कोशीमा सत्ता घटकका नेतासँग अँगालो मार्न पुगेका छन् । राप्रपाले उठाइरहेको व्यवस्था विरोधी आन्दोलन पनि परिवर्तनको लागि नभएर सत्ता र शक्तिको लागि भएको प्रष्ट भएको छ । राप्रपाले आफ्नो चरित्र जति नै लुकाएर राखे पनि अन्तमा कोशीमा पुगेर म्याउ गरेको छ ।