Breaking

एकीकृत समाजवादी भन्दा कमजोर बन्दै एमाले ! ओलीको विकल्प कहिले ? प्रचण्डको बाध्यता के ?


काठमाडौँ – कांग्रेसले रोज्न सक्ने बाटो र घट्दो एमालेको साखका कारणसमेत उनीहरु एक ठाँउमा उभिनुपर्ने बाध्यता प्रचण्ड–ओलीमा बढ्दै छ ।

जसलाई राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई भाग दिने तयारीले बल पुर्याएको थियो । तर सफल नभएको प्रचण्डको एमाले कार्ड र नसुध्रिएको ओलीको व्यवहारले उनीहरु पुरानै लयमा फर्किएपछि अब के हुन्छ भन्ने चासो बढेको छ ।

यो राजनीतिक दृश्य हेर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एक ठाँउमा उभ्याउने अवसर बन्न सक्ने राष्ट्रिय सभाकै अवसर बेकाम भयो । यसले ओलीको प्रचण्डसँग गोप्य वार्ता मात्र हैन प्रचण्डको एमाले कार्डसमेत एकैचोटी फेल खायो भने माधव नेपाल खुसीले गदगद भए । हुन पनि जिरो नबनाईदिनु भन्दै आग्रह गरेको र विपक्षीप्रति सदासयता देखाउन खोजको भन्दै प्रचण्ड सौहार्दको वातावरण बनाउने पक्षमा थिए ।

बाध्य भएर शत्रुलाई नै स्वागत गर्न कांग्रेस तयार हुदाँ त्यसको विरोध गर्ने माधव मात्र थिए । फलत : रणनीतिक रुपमा माधव सफल भएकै रुपमा यसलाई हेरिएको छ भने माधवले पनि ओलीको मति अझै नसप्रने बताएका छन् । यहि कारण कम्युनिस्ट एकताको चाहना राखेरमात्र केही नहुने बताएका उनले ओलीले ‘प्रचण्ड’माथि हैकम चलाउन खोजेपछि एमाले नेतृत्वको गठबन्धन नटिकेको स्मरण समेत गरे ।



हुन त कांग्रेसभित्र आगामी चुनावबाट एक्लै हिँड्नुपर्ने बहस चुलिदो छ । सभापति शेरबहादुर देउवा नै धर्मनिरपेक्षता विरुद्ध उभिने हल्लाले प्रचण्डलाई बाटो स्पष्ट गर्ने दवाव रहेको विश्लेषण सुरु भइसकेको छ । उता एक्लै सत्ता चलाउन नसक्ने अवस्था सवै राजनीतिक दलको छ भने एमाले पनि यहि अवस्थामा प्रतिपक्षभन्दा माथि उठ्न सक्ने अवस्था छैन । बरु भागबण्डामा लपेटिएर प्रश्न गर्ने नैतिकता समेत गुमाएको छ । अर्कातर्फ कम्युनिष्ट मत बलियो हुने तर कांग्रेसले राज गर्ने अवस्थाले समेत कम्युनिष्ट एकताको बहसलाई बलियो बनाएको छ ।

अझ फेल भएका ओलीका प्रत्येक रणनीतिले एमालेको ओरालो यात्रा सुरु भएको एमालेकै केहि नेताहरुको बुझाई छ । जसले राष्ट्रिय सभामा देखिन लागेको दृश्यले सकारात्मक सन्देश गए पनि ओलीकै कारण त्यो सफल नभएको उनीहरु बताउँछन् । यता माओवादी नेताहरुसमेत ओली हुन्जेल एमालेसंग एकता सम्भव नभएको बताउन थालेका छन् ।

यता एमालेभित्रै पनि प्रदेशहरुमा देखिएको दृश्यले नेतृत्व परिवर्तनको बहस सुरु भएको चर्चा चुलिएको थियो । कुनै व्यत्तिको ईगोको मारमा पार्टि पर्न नसक्ने सन्देश यसले दिन खोजेको विश्लेषणका विच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने तयारीमा रहेको हल्ला समेत चल्यो । जुन हल्ला यो विचम केहि मथ्थर भएपनि अहिले पुन भण्डारीले नेताहरुसंग भेटघाट बढाएकी छिन् । जसले नयाँ संकेत गरेको तर्क गरिदा एमाले के ओलीकै ईगोमै वलि जान्छ कि नयाँ चिराबाट बसहमा उत्रिन्छ ? प्रश्न पेचिलो बनेको हो ।

फुटेर गएका माधव नेपालले राष्ट्रिय सभामा शक्ति बढाँउदा एमाले झनझन गहिरो समस्यामा फस्दै छ । संगठन मजबुतीको प्रयाससमेत उति सारो प्रतिफलपूर्ण नदेखिँदा प्रचण्डले एमालेलाई प्रयोगको अस्त्र मात्रै बनाइरहेका छन् । जुन कांग्रेसले थापेको ढोक्सा जसरी एमालेले आफ्ना स्वार्थमा प्रयोग गर्न नसक्दा माधव जस्ता नेता नै कम्युनिष्ट एक ठाँउमा उभिने वातावरण बनाउने कि नबाउने निर्णायक बन्दै गएका छन् । जहाँ ओली परिवर्तन नभई अरु सोच्नै नसकिने बहस योसंगै चर्किदा एक्लै भिड्न नसक्ने अरुसंग मिल्न नसक्ने एमाले के गर्छ ? उसको भविष्य यसैमा निर्भर रहने देखिन्छ । यसबाहेक एमालेले अवलम्बन गर्ने भावी कदम कस्तो हुन्छ ? त्यो भने हेर्न बाँकी छ ।