Breaking

निर्विरोध निर्वाचित भए लगतै सभामुखले लिए शपथ


काठमाडौँ — कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले शपथ लिएका छन् ।

आज प्रदेशसभाबाट निर्वाचित भए लगतै विष्टले प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

राप्रपा समानुपातिक सांसद विष्ट सत्तारुढ गठबन्धन दल र नेकपा एमालेको समर्थनमा सभामुख बनेका हुन् ।

सभामुखको शपथग्रहण समारोहमा मुख्यमन्त्री केदार कार्की, उपसभामुख सृजना दनुवारलगायत उपस्थित थिए ।

सभामुख विष्टले सबै दलसँग समन्वय गरेर काम गर्ने बताए । निर्वाचित भएपछि उनले भने, ‘सबै दलका नेताहरुसँग समन्वय गरेर प्रदेशलाई अगाडि बढाउँछु ।’