Breaking

मिडियाविरूद्ध गरम रवि, सरकारविरूद्ध किन नरम ?, रविलाई अमेरिकाले चलाउँदै (भिडियोसहित)


काठमाडौँ – प्रमुख दलहरू राष्ट्रिय सभाको जोडघटाउमा व्यस्त रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने संगठन निर्माण र विस्तारमा होमिएको छ । रास्वपाका नेताहरू गाउँगाउँमा पुगेका छन् । सभापति रवि लामिछाने सरकारप्रति नरम देखिएका छन् भने अन्य नेताले प्रधानमन्त्रीको राजीनामा नै माग्न थालिसकेका छन् ।

आफूलाई पुरानो र ठुला भनाउँदा दलहरू सत्ताको भागबण्डा मिलाउन बालुवाटार र पार्टी कार्यालय धाइरहेको बेला नयाँ शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी भने गाउँ गाउँमा पुगेर संगठन विस्तारलाई तीव्रता दिइरहेको छ । पुराना दलहरूबाट देश र जनताले परिवर्तनको महसुस गर्न नसकेको भन्दै परिवर्तन गरेर देखाउने अठोटका साथ निर्वाचनबाट उदाएको रास्वपा अहिले संगठन विस्तारमा देश दौडामा लागिरहेको छ ।

सुरूवाती दिनमा संघीयता खारेजीको मुद्दालाई अघि सारेको रास्वपा बिस्तारै संघीयता कार्यान्वयन तर्फ अग्रसर भएको देखिन्छ । पहिलो पटक निर्वाचनमा होमिँदै गर्दा संघीयता खारेजीको माग गर्दै प्रदेशमा उम्मेदवारी नै नदिएको रास्वपाले संघीय निर्वाचनमा नसोचेको परिणाम आएपछि प्रदेशमा पनि आँखा लगाएको छ । संघीयता खारेजीको माग गर्दै राजनीतिमा होमिएको रास्वपाले कुन धारको राजनीति गर्ने हो भने आम जनतालाई कौतुलता थियो । आम जनताले पुराना दलहरूप्रति निराशा पोखिरहेको बेला रास्वपा उत्साहित छ । तर, बिस्तारै नयाँ भनिएका दलहरू पनि विभिन्न काण्डमा मुछिदै गर्दा नेपाली माटोमा जुनै दल आए पनि परिवर्तन नआउने रहेछ भन्ने महसुस हुन थालेको छ । गाउँ गाउँमा पुगेर सार्वजनिक सुनवाई गरिरहेका रास्वपा सभापति रवि लामिछानेले भने आफूले देश र जनताको लागि धेरै काम गर्न सफल भएको दाबी गरिरहेका छन् ।

निर्वाचनबाट चौथो दलको रूपमा उदाएको रास्वपाले केही समय सत्ताको स्वाद पनि चाख्यो । सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री भएपछि नागरिकता विवाद उत्कर्षमा पुग्यो । सोही कारण लामिछानेले गृहमन्त्री पद मात्र नभएर निर्वाचन लडेर जितेको सांसद पददेखि पार्टीको सभापति पद समेत गुग्यो । यद्यपि, उनी दोहो¥याएर सांसद र सभापति बने । अहिले पुनः सहकारी प्रकरणमा लामिछानेको नाम मुछिएको छ । यद्यपि, उनले आफ्नो कुनै रूपमा पनि संलग्नता नरहेको भन्दै कडा प्रतिवाद गरिरहेका छन् ।

अन्य समयमा सरकारविरूद्ध खरो रूपमा उत्रिने लामिछाने अहिले नरम देखिएका छन् । उनी संगठन विस्तारका लागि गाउँ/गाउँमा पुगेका छन् । रास्वपाका अन्य नेताहरु पनि सरकारविरुद्ध खरो रुपमा प्रस्तुत भइरहेका छन् । उनीहरूले प्रधानमन्त्रीको राजीनामासमेत मागेका छन् । यद्यपि विश्लेषकहरु भने रविलाई अमेरिकाले भीड बटुल्नका लागि प्रयोग गरेको टिप्पणी गर्छन ।

पार्टी सभापति हरेक मञ्चमा उभिएर आफूले गरेको काम र आफूमाथिको आरोपको प्रतिवादमा सिमित रहँदा कतै सहकारीमा रविको संलग्न त छैन भन्ने आशंका पैदा भएको छ । देश र जनताको लागि देखिने गरी परिवर्तन गर्छु भन्ने रास्वपाले पनि जनाअपेक्षाअनुरुप उपस्थिति देखाउन सकेको छैन ।