Breaking

भाग पाएपछि शेखरले छाडे गगन, देउवाका अघि निरीह, किन रिसाए गगन–विश्व ?


काठमाडौँ – सत्ताको ठूलो दल नेपाली कांग्रेसलाई राष्ट्रिय सभाको चुनाव सबैभन्दा बढी लागेको छ । गुटको लडाई,महामन्त्रीहरुको असहमतिका बाबजुद कांग्रेसले रात नै कटाएर बल्लतल्ल उम्मेद्वार टुङगो लगायो । त्यसमा पनि आफूलाई सुरक्षा दिनेदेखि हरुवालाईसमेत टिकट दिएका देउवाले कोइरालालाई पनि आफ्नै लाइनमा ल्याइदिएका छन् । यसक्रममाराष्ट्रपतिलेसमेत भाग माग्दा सिटौला जस्ता व्यक्ति सर्वसहमत भएको दृश्यदेखियो ।

राष्ट्रिय सभाको उम्मद्वार टुङ्गो लगाउन नेपाली कांग्रेसका नेताहरु आइतबार रातभरी जाग्राम बसे।जित निश्चित भएको र सहज संसद यात्राको बाटो बनेको राष्ट्रिय सभाका लागि यसैपनि धेरै आकांक्षी थिए । त्यसमध्ये पहिले संस्थापन र इतर पक्षले कति भाग पाउने भन्ने नै टुङगो लागेको थिएन । त्यसमा पनि कोको उम्मेद्वार हुने भन्ने अर्को बहस हुँदा कृष्णप्रसाद सिटौला भने सर्वसम्मत नै भए । उनी जतिको मान्छेलाई छुटाउन नहुने पक्षमा डा। शेखर कोइरालासमेत देखिएपछि सिटौला बेलुकै झापा प्रस्थान गरेका थिए । बिहान गए के हो के हो भने जसरी उनी राति नै विराटनगरतर्फ हानिए ।यता बाँकी सदस्य टुङ्ग्याउन नेताहरुलाई बिहान ४ नै बज्यो ।

त्यसमा पनि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको असहमति पनि साथसाथै सार्वजनिक भयो । आइतबार दिनभर बसे पनि केही प्रगति नभएपछि नेताहरु राति सानेपामा भेला भएका थिए । ४ बजे बस्ने भनिएको कार्यसम्पादन समितिको बैठक राति अन्तिम समयमा मात्र बस्यो । त्यसअघि सानेपामा संसदीय बोर्डको बैठक बस्यो । तर, बोर्ड बैठकमा सहमति हुन सकेन । ४ सिट मागी रहेका डा।शेखर कोईराला बिच्किए । त्यतिबेलासम्म दुईबाट बढेर तीन टिकट दिनसक्नेसम्मदेउवातयार भएका थिए ।

रन्थनिएर हिँडेका कोइराला फकाउन रमेश लेखक नै लागि पर्नु पर्यो । भाग पाएपछि कोइराला खुसी भए भने कार्यसम्पादन समिति बैठक पनि बस्यो । तर गगन थापा, बलबहादुर केसी, अर्जुनरसिंह केसीको फरक मतकै बिच देउवाले उम्मेद्वार टुङगाए । जुन सूचीमा आफ्नो सुरक्षा गार्ड जस्तै रहेका जितजंग बस्नेतलाई पनिदेउवाले अटाए । देउवाको यो पेलानले पार्टीमा एक समूह रुष्ट भएको छ । तर बेलुकै विराटनगर हानिएका सिटौलाले चिन्ता नगर्न भन्दै यो सबै मिलाएर लाने बताएका थिए ।

बागमती प्रदेशमा भने केहीलफडा नै भयो । कांग्रेसले क्लस्टर टुङ्गो नलगाएकै कारण एकीकृत समाजवादीले समेत उम्मेद्वार टुङ्गो लगाउन सकेको थिएन । यहाँ गगनले नै छान्न पाउनुपर्ने दवावमासमेत देउवा थिए । तर अन्त्यमा जितजंगलाई देउवाले बोकेपछि कोइराला पक्षले महिला पायो । त्यसैको उपयोग गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विष्णुदेवी पुडासैनीलाई अघि सारेर विवाद चर्काए । तर अन्तिममा उनी कोइराला पौडेललको साझा उम्मेद्वार बनिन् । अर्थात आफूले मनोनयन गर्नेबाट चुनाव हारेकी दुर्गा पौडेलको नाममा हस्ताक्षर धस्काउने पौडेलले आफ्नो भाग परिपूर्ती पार्टीबाट गरे । जसले कोइरालालाई पनि ४ वटै उम्मेद्वार उठायौँ भन्ने बहाना भने प्राप्त भएको छ ।

यसको अर्थ गण्डकी प्रदेशमा अन्त्यबाट उम्मेदवार बनेका किरणबाबु श्रेष्ठ, सोही प्रदेशबाट अपाङ्ग तथा अल्पसंख्यक पदमबहादुर परियार र महिलाबाट लुम्बिनी प्रदेशमा विष्णुकुमारी सापकोटा मात्रै शेखर पक्षका उम्मेद्वार हुन् । यता मधेशबाट किरण यादव अर्थात महिला हुनुपर्ने कोइरालाको माग पूरा भएन भने गण्डकी सभापति शुक्रराज शर्मालाई अघि सार्ने ईच्छा पनि देउवाले पूरा हुन दिएनन् । यही अवस्था बागमतीमा सबुज बानियालाई अघि सार्न नपाउने अवस्थाले पनि दोहोरियो । यसरी हेर्दा देउवाका अघि इतर गुट निरीहकै अवस्थामा देखियो ।

हुन त मधेशबाट उम्मेदवार बनेका अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुंगाना सर्वसहमत केन्द्रीय सदस्य भएका व्यक्ति हुन् । तर ४ उम्मेदवारमा दाबी गरेका कोइराला अन्ततः नरम बन्नुले देउवाका अघि कसैको केही नलाग्ने प्रमाणित भएको छ । बरु फरक मत राखेर महामन्त्रीले केही अडान राख्दा कोइरालाले चिसै पानीमा नुहाएकोसमेत टिप्पणी भइरहेको छ।