Breaking

प्रचण्ड फेरि सफल, भागबन्डामा माहिर, देउवासँग खेले उल्टो ‘पासा’ (भिडियोसहित)


काठमाडौँ – राष्ट्रिय सभा निर्वाचनलाई लिएर संकटमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूलो खड्को टारेका छन् । गठबन्धनमा राष्ट्रिय सभाको भागबन्डा मिलाएसँगै प्रचण्डले ठूलो संकट टारेका हुन् ।

राष्ट्रिय सभा निर्वाचनलाई लिएर गठबन्धनको भागबन्डामा देखिएको मनमुटाव र असन्तुष्टिलाई चिर्दै गठबन्धनका शीर्ष नेतालाई रिझाउन प्रचण्ड सफल भएका छन् । विभित्र संकटलाई मोचन गर्दै राष्ट्रिय सभाको सत्ता बाँडफाँटमा पनि प्रचण्ड माहिर देखिएका छन् । राष्ट्रिय सभाको भागबन्डालाई लिएर प्रचण्ड यति ठूलो संकटमा थिए कि गठबन्धन नै फुट्नेसम्मको अवस्थाको सिर्जना भएको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवादेखि उनका हितैसी मित्र माधव नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले पनि उनीमाथि दबाब दिन थालेका थिए । देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको १३ सिटको अफरलाई लिएर प्रचण्डमाथि दबाब दिँदै गर्दा माधव पनि ओलीसहितको बत्रे महागठबन्धनबाट असन्तुष्ट बनेका थिए । उपेन्द्र यादव त प्रचण्ड नै बनेर गठबन्धनमा बस्न नसक्ने जस्ता धम्की दिएका थिए । तर, गठबन्धनको बैठकमा ओलीलाई देखाएर प्रचण्डलाई दबाव दिन खोजेको देउवालाई उनैको कार्ड देखाएर उल्टो ब्लाईन खेलिदिए । देउवालाई साइजमा ल्याउन ओलीलाई घुसाएरै महागठबन्धनको धाक दिएका प्रचण्डले देउवाको मुखमा आइसकेको १७ वा १३ सिटलाई पनि १० मा नै सीमित गरिदिए ।

राष्ट्रिय सभाको सम्मुखमा आउँदा गठबन्धन नै फुट्नेदेखि अर्कै समीकरण बन्नेसम्मको चर्चा थियो । भारतले २० करोडसम्मको परियोजनामा स्वतन्त्र रुपमा खर्च गर्न पाउने सम्झौत गर्दा गठबन्धनकै नेताबाट प्रचण्ड राष्ट्रघाती करार भए । तर, अहिले तिनै राष्ट्रघाती करार गर्ने माधवको पार्टी राष्ट्रिय सभामा तीन सिट नभए थप एक मन्त्रालयको माग राखेर आफ्नो असन्तुष्टि पोख्दै प्रचण्डसँग टासिन बाध्य छ ।

भागबन्डामा यतिसम्म सफल भए कि सदनमा एक मात्र प्रतिपक्षी भनेका चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेललाई समेत मनोनीतमा राखेर राष्ट्रिय सभाका लागि ढोका खोलिदिएका छन् । बालकोटको बार्दलीको सम्बन्धलाई फेरि महागठबन्धनमा जोड्ने तरखर गरेका प्रचण्ड उपयुक्त समयमा कदम लिने हुँदा उनी डाइनामिक लिडर भएको जानकारको बुझाइ छ ।

गठबन्धन दल भित्रकै नेताहरूका असन्तुष्टिका चाङ र आलोचनाका बाबजुद पनि गठबन्धमा भागबन्डा मिलाएर नै छोडेका छन् । सरकारप्रति जनतालाई राहतभन्दा बढी दमन गर्दा नागरिकको आक्रोश पनि तीव्र छ । तर पनि सरकारको जोखिम र असन्तुष्टिलाई तह लगाउन फेरि एक पटक प्रचण्ड सफल भएका छन् । राष्ट्रदेखि अन्तर्राष्ट्रियसम्बन्ध समेत बिगारको आरोप खेपेका प्रचण्डमा पहिलो र दोस्रो कार्यकालमा संसदीय अंक गणितको ज्ञान कम देखिए पनि आफ्नो तेस्रो कार्यकालमा भने सत्ता भागबन्डाको खेलमा चुतुर खेलाडी देखिएका छन् ।
।। योहो टेलिभिजनका लागि निरज कोइराला काठमाडौं ।।