Breaking

बाइडेन पन्छाउने ट्रम्पको रणनीति, अदालत बाधक,अर्को महिना छिनोफानले राष्ट्रपतिको लड्न पाऊँलान ?

ट्रम्पको भाग्य न्यायधीसको हातमा


काठमाडौँ – अमेरिकामा सन् २०२४ मा हुने राष्ट्रपतिय निर्वाचनको लागि डोनल्ड ट्रम्पले आफ्नो उम्मेदवारी दिने बताएका छन् । तर अहिल्लो कार्यकालमा पराजय भोगेका उनलाई पुनः राष्ट्रपति हुने बाटोमा कानुन बाधक बनेको छ ।

अमेरिकामा सन् २०२४ को राष्ट्रपतीय चुनाव लड्नका लागि अघि सरेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प लाई कैयौँ कानुनी अड्चन बाधक बनेको छ । अब उनी उम्मेदवार बन्नको लागि सक्षम छन,छैनन् भन्ने फैसला अदालतको हातमा छ ।

ट्रम्पको ऐतिहासिकमुद्धाको अमेरिकी सर्वोच्च अदालतले फेब्रुअरीमासुनुवाइ गर्ने भएकोछ ।कोलोराडोराज्यमा सन् २०२४ मा हुने मतदानबाट ट्रम्पलाई हटाउने निर्णयविरुद्ध ट्रम्पले दायर गरेको अपिलमाथि सुनुवाइ गर्न न्यायाधीशहरू सहमत छन् ।

फेब्रुअरीमा मुद्दाको सुनुवाइहुने र फैसला देशव्यापी रूपमा लागू हुनेछ।ट्रप्पमाथि तीन वर्षअघिको अमेरिकी संसद्को क्यापिटल हिलमा भएको दङ्गाको घटनाका बेला उनी देशद्रोहमा संलग्न भएको आरोप लगाइएको थियो ।

अब ट्रम्पको राजनीतिक भाग्यको फैशला, अदालतको हातमा छ । यहि बिषयलाई लिएर कैयौँ राज्यमा ट्रम्पलाई चुनावका लागि अयोग्य ठहर गर्न माग गर्दै मुद्दाहरू दर्ता गरिएका छन् ।ट्रम्प राष्ट्रपतिको उम्मेदवार बन्न अयोग्य भएको कोलराडो सर्वोच्च अदालतको ठहर त्यतिबेलामानै भएको थियो । कोलोराडोको फैसला लाई अस्वीकार गर्न २७ राज्यका महान्यायाधिवक्ताहरुले अदालतलाई संक्षिप्त निवेदन दिएपछि सर्वोच्च अदालतले ट्रम्पको अपिलको सुनुवाइ गर्ने निर्णय गरेको हो ।

अमेरिकाको संविधानको १४औँ संशोधनले “देशद्रोह वा विद्रोहमा संलग्न“ जो कोहीलाई सङ्घीय पद धारण गर्न अयोग्य ठहराउँने व्यबस्था रहेको छ ।तर ट्रम्पका वकिलले राष्ट्रपति भइसकेका व्यक्तिका हकमा सो बिषय लागु नहुने तर्क गरेकाछन् ।“कोलराडोको सर्वोच्च अदालतको निर्णयले कोलराडोका दशौँ लाख मतदाताहरूलाई असंवैधानिक रूपमा बहिष्कार गर्ने ट्रम्पका वकिलको तर्क गरेका छन ।

सन् २०२४ को राष्ट्रपतीय चुनाव लड्नका लागि ट्रम्पले रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका लागि अग्रिम उम्मेदवार घोषणा गरेका छन् । उनलाई नोभेम्बरमा हुने चुनावमा डेमोक्र्याट राष्ट्रपति जो बाइडनको प्रतिस्पर्धी हुनसक्ने ठम्याइएको छ । तर अब ट्रम्पले निर्वाचन लड्न पाउने नपाउने सर्वाेच्चको फैसला कुर्नुको बिकल्प छैन् । उनी माथि यो एउटा मात्र मुद्धा बाधक बनेको भने होईन ।

यो सहीत अन्य कयौ मुद्धा अझै बिचाराधीन अबस्थामा छ । यसले गर्दा अब ट्रम्प आउने कार्यकालमा अमेरिकाको राष्ट्रपति बन्ने सपना सपनामा नै सिमीत हुने बिश्लेषण हुन थालेकोे छ ।

उनिमाथि ओरेगन सहितका अन्य ठाउँका मुद्दा समेत विचाराधीन छन्।पोर्न स्टार स्टोर्मी ड्यान्यल्स र डोनल्ड ट्रम्पबीचको ’सम्बन्ध’ ले समेत उनी माथि विवाद निम्तिएको छ । साथै, उनका छोराविरुद्ध पनि मुद्दा चलेपछि आगामी राष्ट्रपति निर्वाचनमा धक्का पुग्ने द्रविलो अड्कल सुरु भएको छ ।
योहो टेलिभिजनकालागि बसुधा केसीको रिपोर्ट….