Breaking

कांग्रेस-एमालेको लडाईंमा युवाको मृत्यु,राज्यबाट एक पछि अर्काे गोली किन (भिडियोसहित)

गोरूको जुधाई बाच्छाको मिचाईं



काठमाडौँ – अस्पतालको आवरणमा कांग्रेस र एमालेबीचको राजनीतिक द्वन्द्वले यतिबेला सर्लाहीको बरहथवा नगरपालिका तनावग्रस्त बनेको छ ।

अस्पतालको विषयलाई लिएर सुरु भएको बरथहवाको विवादमा प्रहरीको गोलीबाट एक स्थानीय युवाको मृत्युपछि थप भड्किएको माहोल अझै साम्य भएको छैन ।

सर्लाहीको बरहथवामा शुक्रबार प्रहरीको गोली लागेर एक युवको मृत्यु भएपछि स्थिती थप तनाव पूर्ण बनेको छ । युवकको मृत्युको विरोधमा आज दोस्रो दिन पनि आन्दोलन जारी छ ।शुक्रबार प्रहरीको गोलीबाट ३० वर्षीय जयशंकर साहको मृत्यु भएको थियो ।
प्रहरीको गोलीबाट स्थानीयको हत्या भएको भन्दै विरोधमा आक्रोशित युवाहरूले शनिबार बिहानैदेखि बरहथवा, मलंगवा लगायतका स्थानमा टायर बालेर सडक प्रदर्शन गरेकाछन् ।

बरहथवा–६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैयाको प्रदेश अस्पतालको रूपमा विकास गर्नुपर्ने कांग्रेसको अडान र सोही स्वास्थ्य केन्द्रलाई प्रदेश मातहत लैजान नहुने, नगरअस्पतालकै रुपमा विकास गर्नुपर्ने एमालेबीचको जुँगाको लडाइँले बरहथवामा हिंसा भड्किदा अहिले पुरा जिल्ला नै तनावग्रस्त बनेको छ । आक्रोशित स्थानीयले मृतक युवाको शव शुक्रबार साझैंदेखि घटनास्थलबाट उठाउन दिएका छैन ।

प्रशासनले आज बिहान आठ बजेसम्मका लागि जारी गरेको कफ्र्यूलाई हटाएर भीडभाड तथा विरोध प्रदर्शनलाई मध्यनजर गर्दै आइतबार बिहान आठ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
नगरपालिकाको कार्यालयमा ढुङ्गमुढा गरेका प्रदर्शनकारीले नगरप्रमुख कल्पना कटुवालको घरमासमेत ढुङ्गामुढा गरेका थिए ।

आक्रोशित प्रदर्शनकारीहले एउटा मोटरसाईकल जलाएकाछन् । उनिहरुले मेयर कटुवालको घरमै आगजनीको प्रयास गरेपछि गोली चलाएको प्रहरीले दाबी गरेको छ । यद्यपी अप्रिय घट्ना घटेपछि मेयर कटुवालले प्रतिक्रिया दिएकीछिन् ।

भाईचारको सम्बन्धबाट अघि बढेको नगरपालिकामा कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन र एमालेले अस्पतालको आवरणमा दिएको राजनीतिक द्वन्द्वमा दोषी ठहरिए आफु कार्वाहरी भोग्न तयार रहेको उनको भनाई छ। कटुवाल एमालेबाट निर्वाचित मेयर हुन् ।

यता, मृतकका परिवार नगर प्रमुखलाई कारबाही गर्नुपर्ने मागसहित सडक तताईरहेका छन् । प्रहरीले ताकेरै साहलाई गोली चलाएको परिवारले आरोप लगाएको छ । तर, प्रहरी प्रशासनले भने परिवारले लगाएको आरोपलाई अस्वीकार गर्दै आन्दोलनकारीले हतियार खोस्न खोजेपछि गोली चलाउनु परेको बताएको छ । तर, गोली लाग्ने साह आन्दोलनकारी नभएको पुष्टि भएको छ ।

पीडितलाई राहत दिन पर्ने सरकार आफूहरूसँग अहिलेसम्म छलफलसमेत गर्न नआएको बरु उल्टै दमन गर्न लागिपरेको मृतक साहका भाञ्जा बिबेक साहको गुनासो छ ।मृतकका परिवारले साहको सालिक निर्माण र शहिद घोषणा गर्नुपर्ने लगायतका ९ वटा माग अघि सारेकाछन् ।

देशमा अहिले न त जनआन्दोलन चलेको छ, न नै गृह युद्धको चपेटामा देश पुगेको छ । देशमा कुनै किसिमको त्यस्तो ठूलो द्वन्द्व त छैन तर, राज्यको तर्फबाट गोली बारुद चल्नु सामान्य जस्तै भईसक्यो । विद्यार्थीहरूको भीडलाई नियन्त्रण गर्न समेत गोलीको साहारा खोज्ने सरकार नगरपालिकाको सामान्य विवाद सल्टाउन पनि हतियारको बलमा नागरिकमाथि जाईलागेपछि चौतर्फी आलोचनाको शिकार भएको छ ।

काठमाडौँ उपत्यकामा राज्यको दमनबाट दुई विद्यार्थी मध्ये एकको प्रहरीको गोली लागी मृत्यु भएको घटनाको साता वित्न नपाउँदै फेरि तराईमा गोली हानेर अर्को युवाको ज्यान लिएको छ ।

नगरपालिकामा उत्पत्र विवाद मिलाउन नसक्दा प्रहरीको गोलीबाट अनाहकमा एक युवाले ज्यान गुमाउनु परेको छ । सामान्य भीड नियन्त्रण गर्नसमेत बन्दुकको ‘ट्रिगर’ नै राज्यको ब्रह्मास्त्र बनेको छ ।

न्याय प्राप्तिका लागि हुने विभिन्न शान्तिपूर्ण संघर्षहरुमा पटक–पटक राज्य पक्षद्वारा भईरहेको दमनकारी हर्कतहरूले सरकार निरंकुशताको पथमा अग्रसर रहेको पुष्टि गरेको छ ।