Breaking

कांग्रेसको कार्य सम्पादन समितिको बैठक बस्दै


काठमाडौँ – नेपाली कांग्रेसले आज कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेसले जनाएको छ ।

राष्ट्रिय सभा सदस्यको निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमकाबारेमा छलफल गर्न बैठक बस्न लागेको हो ।

आगामी ११ माघमा राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिकिए पनि सत्ता गठबन्धनले भागबन्डा गरिसकेको छैन । एमालेले भने चुनाव हुन लागेका सबै १९ सिटमै उम्मेदवार दिने तयारी गरिसकेको छ ।