Breaking

राजनीति दलहरूबिच मेलमिलाप रहेको सभापति देउवाको दाबी


कठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका राजनीतिक पार्टी बिचको मेलमिलाप देखेर विदेशीहरू छक्क पर्ने गरेको बताएका छन् ।

४८औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा सोमबार नेपाली कांग्रेसद्वारा आयोजना कार्यक्रममा सभापति देउवाले वैचारिक मतभेद र पार्टीगत मतभेदका बाबजुद दलहरूबिच मेलमिलाप रहेको बताए । प्रतिस्पर्धाका बाबजुद एक अर्कामा मेलमिलाप र भाइचाराको वातावरण धेरै कम देशमा मात्र रहेका देउवाको भनाइ छ ।

अहिलेको बेलामा देशमा मेलमिलापको आवश्यकता अझै बढेको सभापति देउवाले औँल्याए । राजा फेरि फर्काउने कुरा हुनै नसक्ने भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सबैले एक हुनुपर्ने उनले बताए ।