राजनीति

काँग्रेस भित्र आफूले चलखेल गर्न नचाहेको अध्यक्ष ओलीको तर्क


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ काँग्रेस भित्र आफूले चलखेल गर्न नचाहेको बताउनुभएको छ ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर सत्तारुढ नेपाली काँग्रेसले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले काँग्रेस भित्र कुनै राजनीतिक तरंग ल्याउने इच्छा आफूमा नभएको टिप्पणी गर्नुभएको हो । अहिलेको राज्य संचालनमा आफ्नो भुमिकासँग सन्तुष्ट गरेको काँग्रेसको तलाउमा एउटा ढुंगा फुत्त फालि दिएर कुनै तरंग ल्याउने इच्छा नभएको ओलीको जिकिर थियो ।

अध्यक्ष ओलीले काँग्रेस सत्ताको अमनचैनमा रहेकाले त्यसमा खलल पार्न पनि आफूलाई मन नलागेको बताउनु भयो । अध्यक्ष ओलीले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला जिम्मेवार रहेको बताउनु भयो । मन्त्री ज्वाला पुगेपछि भीड उत्तेजित हुँदा प्रहरीको गोली लागेर दुई जना युवाको ज्यान गएको ओलीको भनाई थियो ।