Breaking

बालकुमारी घटनामा मन्त्रीको भुमिकामाथि निष्पक्ष छानबिन गर्न समितिको निर्देशन


काठमाडौं । संसदीय समितिले बालकुमारी घटना प्रकरणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको भुमिकाबारेमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।


सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले श्रममन्त्री शरतसिंह भण्डारी र यातायातमन्त्री प्रकाश ज्वालाको भुमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको हो ।

बैठकका निर्णय सुनाउँदै समिति सभापति रामहरि खतिवडाले पुस १३ गते शुक्रवार इपीएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा २ जना नेपाली नागरिकको मृत्यु भएको घटनामा मृत्यु भएका परिवारलाई थप क्षतिपूर्ति दिन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृहमन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको बताउनु भयो ।

सभापति खतिवडाले सुरक्षा निकायलाई आवश्यक श्रोतसाधन पर्याप्त उपलब्ध गराउन पनि निर्देशन दिनुभयो ।