Breaking

मन्त्री ज्वालाको स्पष्ट्रिकरण : बालकुमारी घटनामा आफ्नो कुनै दोष छैन्


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटना हुनुमा आफ्नो कुनै दोष नभएको बताएका छन् ।

आफू एकीकृत समाजवादीको बैठकबाट सिंहदरबार जान बालकुमारीको बाटो हुँदै जान लाग्दा सुरक्षा निकायले अवरोध भएको जानकारी नगराएको उनले बताए । सोमबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री ज्वालाले आफ्नो निजी सुरक्षा अधिकारी (पीएसओ)ले बालकुमारी हुँदै सिंहदरबार जान लागेको जानकारी गराउँदा प्रहरीले सडकमा अवरोध भएको र त्यो बाटो प्रयोग नगर्ने सम्बन्धमा कुनै जानकारी नआएको बताएका हुन् ।

गत शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फारम भर्न नपाएको भन्दै बालकुमारी क्षेत्रमा युवाहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले सोही रुट हुँदै आएको मन्त्री ज्वालाको गाडी रोकेका थिए । त्यही बेला प्रहरीले अत्यधिक बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको थियो ।