देश

तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिता सम्पन्न


काठमाडौँ — पहिलोपटक तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिता आयोजना भएको छ । बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा आज सोमबार पहिलोपटक तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिता (टप रोप इडिशन) भएको हो । प्रतियोगितामा महिलातर्फ २० जना र पुरुषतर्फ ३८ जना गरी कुल ५८ जनाले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा पुरुषतर्फ साजन लामा र महिलातर्फ श्रीजना तामाङ प्रथम भएकी छन् । दोस्रो र तेस्रो क्रमशः पुरुषतर्फ क्रमशः दिपन गुरुङ र बिजय सुनार भए । यसैगरी महिलातर्फ दोस्रो र तेस्रो स्थान क्रमशः प्रेणा राई र याङ्ग्ला भोटे भइन् ।

प्रतियोगितामा पहिलो हुनेलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई ५ हजार नगद पुरस्कार तथा हेङ्गिङ ब्याच पुरस्कार रहेको छ । आरोहणको खेललाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल क्लाइमस एसोसिएसन, युएसएनसीए र नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसनले संयुक्त रूपमा प्रतियोगिताको आयोजना गरेको हो ।