Breaking

यस्ता छन् प्रचण्डका विवादका श्रृखला, हेलिदेखि अपराधका ठेलीसम्म (भिडियोसहित)


काठमाडौँ – प्रधानमन्त्रीको सक्रियता, सक्षमता र प्रभावकारिता कस्तो छ ? प्रधानमन्त्री सचिवालयको गतिविधि र व्यवहारमासमेत भर पर्छ । दुई पटक प्रधानमन्त्री भइसकेको अनुभवसहित तेस्रो कार्यकालमा जम्बो सचिवालयको साथ प्रधानमन्त्री प्रचण्डलाई छ ।

परिवारका सदस्यदेखि आफूनिकट झन्डै तीन दर्जन बढी व्यक्तिको सचिवालय हुँदासमेत प्रधानमन्त्री प्रचण्ड एकपछि अर्को विवादित निर्णयको सिकार हुँदै आएका छन् । गल्ती प्रधानमन्त्रीले गरे पनि सचिवालयसमेत प्रश्नको घेराबन्दीमा पर्न थालेको छ ।

प्रधानमन्त्री पद सम्हालेको वर्ष दिन पुगेकै दिन बाँकी रहेको दोस्रो वर्ष अनाश्यक कार्यक्रममा सहभागी नहुने उद्घोष गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुई दिन नबित्दै गोरखा पुगे । यसअघि नै रार्जर्षी ठाँटमा नातिनीलाई अन्माएका प्रचण्ड बिहेकै कारण विवादमा आउँदा सामाजिक सञ्जाल तातिएको थियो । तर उक्त बहस नसेलाउँदै सेनाको हेलिकप्टर पृष्ठभूमिमा राखेर नातिनी ज्वाईसहित सम्धी भेट गरेको तस्विर सार्वजनिक भएपछि प्रधानमन्त्री प्रचण्डको फेरि तीव्र आलोचना भइरहेको छ ।

गोरखा पुगेका बेला कार्यक्रम स्थल नजिकै रहेका नातिनी र सम्धिको परिवारसँग भेट गर्नु स्वभाविक हो । तर पनि तस्विरको पृष्ठभूमिमा देखिएको सेनाको हेलिकप्टरका कारण हंगामा मच्चिएको छ ।

प्रधानमन्त्री भएको वर्षदिन पुगेकै दिन आफ्नो एक वर्षे कार्यकालको आत्मालोचनासहित समीक्षा गर्दै बाँकी एक वर्ष विशेष बनाउने उद्घोष गरेर जनताको मन जितेका प्रधानमन्त्री प्रचण्ड दुई दिनमै जनताको नजरमा गिरेका छन् । एक वर्ष पुगेकै दिन सधँै मःमः, चाउमिन खाजा भित्रिने सिंहदरबारमा गुन्द्रुक, कोदोको रोटी सहितको खाजाको परिकार फेरेर उनले आफू बदलिएको सन्देश दिएका थिए । तर गोरखा भ्रमणपछि अहिले प्रधानमन्त्री प्रचण्डलाई कुरीकुरी गर्नेको लाइन ह्वात्तै बढेको छ । यी त भए पछिल्लो उदाहरण ।

एनसेल प्रकरणमा स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालको बचाउमा दिइएको प्रतिक्रियामाथिको आलोचना आलै छ । उनले लगाएको दौरा सुरुवालमा दागैदाग देख्नेको कमी रहेन । भारत भ्रमणमा जाँदा गेरु बस्त्र होस् या मुर्रा राँगाकै विषयमा समेत प्रधानमन्त्री प्रचण्ड विवादले घेरिएका थिए । तेस्रो पटक प्रधानमन्त्री बनेपछि उनको फेरिएको पहिरन होस् या प्रधानमन्त्री प्रचण्डको बोली उनका लागि भारी पर्दै आएको छ ।

प्रधानमन्त्री एकपछि अर्को विवादमा मुछिँदा मन्त्री, सचिव सरह राज्यकोषको सेवा सुविधामा रजाई गरिरहेका उनका सचिवालय भने रमिता हेर्ने शिवाय केहि गर्न सकेको छैन । सचिवालयमा प्रधानमन्त्री पुत्री आँखाको तारो बनेकी छन् ।

जसले गर्दा छोरी गंगा दाहाल प्रचण्डलाई गलपासो बनेको छ । छोरीको हस्तक्षेपमा असन्तुष्टि जनाएरै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामै दिइसकेका छन् । परिवारका सदस्यदेखि आफूनिकट झन्डै तीन दर्जन बढी व्यक्तिको सचिवालय प्रधानमन्त्री प्रचण्डका लागि प्रेरक बन्न सकेको छैन ।

प्रधानमन्त्रीका हरेक गतिविधि प्रधानमन्त्री स्वंममा भर पर्छ । प्रधानमन्त्री नै जिम्मेवार हुन्छन् तथापि प्रधानमन्त्री सचिवालय माओवादीमैत्री नभएको माओवादीकै नेताहरु स्वीकार गर्छन् ।

प्रधानमन्त्रीको सक्रियता सक्षमता र प्रभावकारीता कस्तो छ ? प्रधानमन्त्री सचिवालयको गतिविधि र व्यवहारमासमेत भर पर्छ । ‘सचिवालय प्रधानमन्त्रीको महत्वपूर्ण अंक पनि हो । प्रधानमन्त्रीले पाइलैपिच्छे सहयोग लिनकै लागि जम्बो सचिवालय छ ।

परिवारका सदस्यदेखि आफूनिकट झन्डै तीन दर्जन बढी व्यक्तिको सचिवालय हुँदासमेत प्रधानमन्त्री प्रचण्ड एकपछि अर्को विवादिन निर्णयले प्रश्रय पाएपछि सचिवालयमाथि नै प्रश्न उठ्न थालेको छ ।

प्रधानमन्त्री प्रचण्ड आफैँ पनि सचिवालय हेरफेर गर्ने तयारीमा रहेको बालुवाटार स्रोतको दाबी छ । आफैँ सबैभन्दा बढी विवादमा परेकी छोरी गंगाबाहेक अन्य सचिवालय सदस्य फेर्ने तयारीमा प्रधानमन्त्री प्रचण्ड छन् । तर सचिवालयभन्दा पनि प्रधानमन्त्री स्वमंले कार्यशैली परिवर्तन गर्दै सुध्रिन जरुरी छ ।

त्यसो भएको अवस्थामा पहिलो वर्ष स्लो गियरमा चलेको सरकारलाई पाँच नम्बर गियरमा दौडाउने शक्ति पनि प्राप्त हुने थियो । यसका लागि प्रधानमन्त्रीले आफ्नालाई भन्दा राम्रालाई सचिवालयमा राख्न जरुरी छ ।