Breaking

नेताको आदेश मान्दा बद्नाम बन्दै प्रहरी, दोष कसको ? आदेश दिने कि, गोली छोड्ने को ? (भिडियोसहित)

चेपुवामा प्रहरी प्रशासन



काठमाडौँ – सामान्य घरझगडादेखि ठुला विप्दमा संधै सबै भन्दा पहिले सम्झिने संगठन हो नेपाल प्रहरी । आम नागरिकलाई सुरक्षा प्रत्याभूत गराउनु जनताको जिउधनको रक्षा सेवाको सर्त नै हो ।

शान्ति सुरक्षा कायम गर्नु नेपाल प्रहरीको कर्तव्य हो । तर देशमा शान्ति, सुरक्षा कायम अहोरात्र खटिने प्रहरी आफँै सुरक्षित छन ? आदेशको पालना र कानुनको कसीमा चल्ने प्रहरी प्रशासन नै किन निरन्तर बद्नाम र आक्रोशको निशानामा परिरहेका छन् ।

संघिय राजधानी काठमाडौँको मूल सकड बालकुमारी–ग्वार्कोमा शुक्रबार दुई युवाको ज्यान जाने गरी प्रहरीले गोली छोडेपछि राष्ट्रिय राजनीति तरंगित छ । मन्त्रीको गाडीमा आगजनी भएको झोंकमा प्रर्दशनकारीमाथी बन्दुक सहितको बल प्रयोगमा प्रहरी उत्रिएपछि दुई जनाको ज्यान गयो । आफ्नो सुरक्षा र परिस्थति नियन्त्रण गर्न जनतामाथी जाइलागेका प्रहरी अहिले जागिरबाट हात धुनु पर्ने अवस्थामा पुगेकाछन् ।

बल प्रयोग गर्दा अन्य विकल्पहरुको प्रयोग नगरी गोली चलाउन आदेश दिने प्रहरी अधिकारीहरु घटनाको छानबिन पूरा नभएसम्मका लागि निलम्बनमा परेका छन ।

ललितपुर प्रहरी परिसरबाट फिल्डमा खटिएका डीएसपी उमेशराज लम्साल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका निजी सुरक्षा अधिकृत (पीएसओ) असाई , बोधराज दनुवारलाई निलम्बन गरेको छ भने ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी शिद्धिविक्रम शाह र ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाइएको छ ।

यो घटनाले धान खाने मुसो चोट पाउने भ्यागुतो भन्ने युक्तिलाई चरितार्थ गरेको छ । चेनअफ कमाण्डमा चल्ने प्रहरी अधिकृतले माथिको आदेश लिएर बन्दुक पड्काए तर बदलामा उनलाई निलम्वनमा राखेर सिंगो प्रहरी संगठनलाई निरुत्साहित गर्ने काम भयो । तथापी आदेश पाए भन्दैमा ज्यानै लिने गरी जनतामाथि गोली ठोक्ने कार्य निन्दनिय छ ।

यो क्षम्य हुने अपराध हैन तर अधिकृत डामिदा नैतिक जिम्मेवारी लिनु पर्ने व्यक्तिले छुट पाउनु चै उदेक लाग्दो कु्रा हो । प्रहरीले नागरिकको ज्यान लिएपछि जनआक्रोश चुलिदो छ । बालकुमारी घटनामा सरकारमाथी जनआक्रोश थामि नसक्नु छ भने घटनाका दोषीलाई फौजदारी अभियोजन दर्ता गर्न माग नागरिक तहबाट उठिरहेको छ ।

प्रर्दशनस्थलबाट त्यो पनि विना सुचना सवारमा हुँइकिएका मन्त्री जोगिए, उनका (पीएसओ) निलम्बित भए । सामान्य नैतिकता समेत जोगाउन नसकेको मातहतको गृह प्रशासन र गृहमन्त्री मनगडन्ते गफ दिएरै जोगिँए निशानामा प्रहरी अधिकारीहरु नै परेका छन ।

फिल्डमा खटिएका प्रहरी अधिकारीहरु निलम्बनमा परेका छन । उच्च पदस्थ उम्काउँदै आदेशको पालना गर्नेहरु कारवाहिको भागीदार भएका छन । देशमा शान्ति, सुरक्षा कायम अहोरात्र खटिने प्रहरी, आदेशको पालना र कानुनको कसीमा चल्ने प्रहरी प्रशासन नै किन निरन्तर बद्नाम र आक्रोशको निशानामा परिरहेको छ । जस पाउनु पर्ने प्रहरी सबैका लागि अवजसको भागीदार बन्न बाध्य छन । मुल्याङ्कन चुकेको प्रहरी चौतर्फि रुपमा बद्नाम र दण्डित हुन बाध्य छन ।

बालकुमारी घटना उदाहरण मात्र हो । हरेक घटनामा प्रहरीमाथीको प्रहार बढ्दो छ । अझ संगठनभित्रै ठुलालाई चैन सानालाई ऐन प्रवृत्ति मौलाउँदा संगठन नै पलायनको चपेटामा पर्दै गईरहेको छ । तर यसमा राज्य गम्भिर पटक्कै हुन सकेको छैन । अरुलाई दोष देखाएर आफु चोख्याउने खेती झन बढ्दो छ ।