Breaking

शवमा राजनीति गर्ने को–को हुन ? उदाङ्गीदै नेताको अनुहार ? प्रचण्डको सत्ता धरापमा

मृत्युको मूल्य ‘ १० लाख’ ?


काठमाडौँ – ईपिएस फर्म भर्न पाउनुपर्ने भन्दै आन्दोलित माथि प्रहरीले दमन गर्दा दुई युवाको ज्यान गएको घटनाको चौतर्फी विरोध भईरहेको छ ।

सत्तारुढ दलहरुले नै यसको विरोधमा देखिदाँ सरकारमाथि नै दवाव बढ्दो छ भने गृहमन्त्रीमाथि प्रश्न उठेको छ । सुरक्षा निकायको कमजोरीलाई समेत आलोचना गरिदाँ मन्त्रीको गाडिमा प्रहार भएकै कारण दुई युवाको हत्या भएपछिका उत्तर दिनसक्ने अवस्थामा सरकार पनि देखिदैन् ।

शुक्रवार ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएपछि सरकारको चौतर्फी आलोचना भएको छ । यसैलाई लिए संघिय राजधानी काठमाडौंसहित कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रदर्शनहरू भएका छन् भने सत्ता गठबन्धनका दलहरु नै यसको विरोधमा देखिएका हुन् । त्यस्तै सत्तारुढ कांग्रेसकै विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले मन्त्री क्वाटरअघि नै प्रदर्शन गर्दा आन्दोलित भएकाहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजिनामा नै मागेका छन् ।

माइतिघरमा भएको प्रदर्शनबाट केहीलाई पक्राउ गरिएको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले युवाहरूको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । विज्ञप्तीमार्फत प्रदर्शनकारी माथि गरिएको प्रहरी हस्तक्षेप, दमन र धरपकडप्रति भत्र्सना एमालेले गर्दा आफ्ना कमजोरी ढाक्न संयमता नगुमाउन महासचिव शंकर पोखरेलले सरकारलाई चेतावनी दिएका छन ।

अर्को सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले ललितपुरको बालकुमारीमा भएको घटनाप्रति आपत्ति जनाउँदा नेपाली कांग्रेको केन्द्रीय समिति बैठकमा पनि यो विषयले प्रबेश पाएको थियो ।

यसरी चौतर्फी बढेको दवावकै कारण सरकार केहि हच्किएको देखिदाँ कांग्रेस महामन्त्री गगन थापाले बालकुमारीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई सच्चिन आग्रह गरेका छन । नत्र कांग्रेससंग प्रचण्डलाई खुमलटार पुर्याउनसक्ने तागत रहेको चेतावनी समेत उनले दिएका हुन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि बालकुमारी घटनालाई लिएर गृह मन्त्रालयको आलोचना गरेका छन्। यता राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि बेरोजगार युवाहरूमाथि सरकारले “संयमता गुमाएर गोली प्रहार गरेको” भन्दै त्यसलाई गम्भीर चिन्ताको विषय भएको बताएका छन् ।

जसले सरकार चौतर्फी दवावमा रहेको बुझ्न गाह्रो छैन । यद्यपी प्रचण्ड सरकारमाथि प्रश्न उठेको यो नै पहिलो घटना हैन् । तर पछिल्ला समयमा उनका मन्त्रीहरु आम नागरिकलाई उद्वेलित बनाउने र भिडन्तको स्थिती सिर्जना गर्ने बाटोमा छन् । जसको उदाहरण पर्यटनमन्त्रीको धार्मिक द्वन्द फैलाउन सक्ने भाषण बन्दा वालकुमारी घटना गृहमन्त्रीको नैतिकतासंग जोडिएको छ । जहाँ अरु दल निर्णायक स्थानमा भएर पनि यस्ता घटनामा राजनीतिक फाईदा उठाउनेतर्फ केन्द्रित छन् । जसले पिडितहरुलाई अझ आक्रोशित बनाँउदा यो घटनाले सोचे भन्दा ठुलो दवाव दिने बुझाईमा सरकार पुगेको छ । फलत : आकस्मिक वैठकमार्फत मृत्यु भएको विषयमा पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको निर्णय गरेर यसलाई सम्बोधनको प्रयास गरेको छ ।

घटनाका भिडियोहरु हेर्दा समेत गाडिमा सवार मन्त्रीमाथि प्रदर्शनकारीले धकालाधकेल गर्नु र प्रहरी एकैचोटि दमन मै उत्रिनुलाई संयोग मात्र मान्न सकिने अवस्था छैन् । जसले एकातर्फ आम नागरिकले दुई युवाको राज्यले हत्या गरेको भन्दै उठाईरहेको प्रश्नलाई वल पुर्याएको छ । अर्कातर्फ नेताहरुले दोहोरो भूमिकाको छनक समेत नागरिकले पाएका छन् । फलत : उत्पन्न भएको दवाव प्रचण्डलाई अन्तिम अवसर नहोला भन्न सकिन्न् ।