Breaking

बालकुमारी घटनामा भएको प्रहरी दमनको अनेरास्ववियुद्वारा भर्त्सना


काठमाडौँ — ललितपुरको बालकुमारीमा भएको घटनालाई लिएर नेकपा एमालेको विद्यार्थी संघ अनेरास्ववियुुले भत्र्सना गरेको छ ।

कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएपछि प्रहरी प्रशासनबाटै युवाहरुको हत्या हुनु निन्दनीय भएको भन्दै अनेरास्ववियुुले सरकारको विरोध गरेको हो ।

एक विज्ञप्ती जारी गर्दै अनेरास्ववियुले युवा आफ्नो भोको पेटको समस्याको बारेमा आन्दोलित हुदा प्रहरीले दमन गरेको भन्दै आपत्ति जनाएको छ ।

अनेरास्ववियुुले घटनालाई आम बेरोजगार युवाहरुको पीडाको रुपमा बुझी प्रर्दशनकारीका मागहरु पुरा गर्न, बिना शर्त पक्राउ परेका युवाहरुलाई तत्काल रिहा गर्न, मृत्यु भएका युवाहरुको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न र घाइतेहरुको उपचारको व्यवस्था गर्न माग गरेको हो ।