Breaking

आफ्नै मन्त्रीमाथि खनिए कांग्रेस नेता, देउवा किन चुप ? प्रचण्डलाई मन्त्री फेर्ने बाटो खुल्यो

प्रचण्डको धक्का कांग्रेसमा


काठमाडौँ – सत्ताको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा भएको बैठकमा मन्त्रीहरुको समीक्षा र महासमिति बैठकको तयारीसम्मका विषयमा छलफल भएको हो । यो बैठकले भावी राजनीतिक परिदृश्यमा पार्न सक्ने प्रभावको दृष्टिबाटसमेत चासोको केन्द्रमा छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब धक्का दिने गरि काम गर्ने घोषणा गर्दा सुरु भएको कांग्रेस केन्द्रीय समिति वैठक पनि मन्त्रीको काम केन्द्रीत बनेको छ । यहि कारण विगतमा गरिएको लाइभको अभ्यास समेत हटाएको कांग्रेसले आफ्ना मन्त्रीहरुको समिक्षालाई मुख्य विषय बनाएको हो ।

सरकार गठनको एक वर्षमा कांग्रेसका मन्त्रीले १० महिना सरकारमा बिताए पनि प्रभावकारी कार्यसम्पादन नगरेको भन्दै आलोचना बढेपछि केन्द्रीय समिति बैठकमा सदस्यहरू समक्ष उपलब्धी प्रस्तुत गर्ने बाटो पार्टिले लिएको हो । जहाँ मन्त्रीहरुसंग केन्द्रीय सदस्यले प्रश्नोत्तर गर्ने पाउने व्यवस्था नै गरेको उसले यो वैठक राष्ट्रिय राजनीतिमै निर्णायक अवस्था ल्याउने खालेको हुने दावी गरेको छ ।

यहिबीचमा प्रचण्डले कार्यभार सम्हालेको एक वर्ष पुगेकोे सन्दर्भमा मन्त्रीका कार्यशैलीमाथि असन्तुष्टि व्यक्त गर्दै कार्यसम्पादनमा कमजोर रहेकाहरूलाई हेरफेर गर्ने बताएका थिए । तर कांग्रेस सभापति शेरबहादुर देउवाले भने पार्टीले सरकारमा मन्त्रीहरू पठाएको एक वर्ष नपुगेको भन्दै त्यसबारे अहिले छलफल नगर्ने भनेका छन् ।

यो वैठकले यसबारे नयाँ बाटो तय गर्ने आशा गरिदा राष्ट्रिय सभामा देखिएको आकंक्षीको भिडलाई व्यवस्थापन गर्न मापदण्ड नै बनाएर अघि बढ्नुपर्ने बाध्यतामा कांग्रेस छ । त्यस्तै बढ्दो गुटगत राजनीति र उनीहरुले बढाएको दवावलाई कम बनाउने उपाय समेत खोज्ने रणनितिमा सभापति शेरबहादुर देउवा रहदाँ मन्त्री हेरफेरको काम प्रधानमन्त्रीको अधिकार क्षेत्र भएको भन्दै उनी निकट नेताहरुले वैठकपछि देखिने सक्ने दृश्यको संकेत गरिसकेका छन ।

बैठकमा पार्टिबाट मन्त्रीभएको चर्को आलोचना हुदा आजको बैठकमा स्वास्थ्यमन्त्री मोहन बस्नेतले रिपोर्ट कार्ड पेश गरेका थिए । अरु मन्त्रीहरु मन्त्रिपरिषद् बैठकको लागि निस्किएपछि भोलिको बैठकमा उनीहरुले आफ्नो प्रगति विवरण बुझाउने तयारी गरेका छन् । कांग्रेसभित्रै सरकारप्रति चर्को असन्तुष्टि रहेको छ ।

संस्थापनइतरका डा शेखर कोइराला, देखि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालगायतका नेताहरूले सार्वजनिक रुपमै सरकारका कामप्रति असन्तुष्टि जनाइरहेका छन् । थापाले त साथ दिएर एउटामात्रै पार्टि सरकारमा रहनुपर्ने यसअघि नै प्रस्ताव गरिसकेका छन । तर आलोचना हुने डरले कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रिय सभाको निर्वाचन र महासमिति बैठकभन्दा अगाडि मन्त्री फेर्ने पक्षमा देखिएका छैनन् । यो परिस्थितीमा यो वैठकले नयाँ कोर्ष तय गर्छ त भन्ने चासो व्यापक छ ।

हुन त राष्ट्रिय सभा चुनावका लागि हुने भागवण्डा नै आफ्ना लागि फाईदाजनक हुने आशामा एमाले बसेको छ । त्यस्तै कांग्रेसभित्र रहेका गठबन्धनका मुख्य खम्बाहरु नै मन्त्रीमा काम गर्न नसकेका भन्दै हेरफेरमा परे के होला भन्ने अर्को प्रश्न समेत छ । जसले उत्पन्न हुनसक्ने राजनीतिक रापताप प्रचण्डका लागि चुनौती बन्ने अवस्था बन्दा उनको गतीमा लय मिलाउने खालको वातावरण यो वैठकमार्फत कांग्रेसले तयार पार्ला त रु प्रश्न यो पनि छ ।