Breaking

गठबन्धनमा प्रचण्ड ढुक्क, राष्ट्रिय सभा निर्वाचन संकट, एमालेको नयाँ खेल (भिडियोसहित)

कसले गर्दैछ फुटाउने षड्यन्त्र ?


काठमाडौँ – सरकार गठन भएको एक वर्ष पूरा भइसक्दासमेत त्यसैलाई भर दिइरहेको गठबन्धन अझै शंकामुक्त हुन सकेको छैन । अर्थात सत्तारुढ दलकै केही नेताहरु यसको भविष्यप्रति शंशकित देखिदाँ केही नेताले यसलाई पाँच वर्ष नै टिकाउने दाबी गर्न व्यस्त छन् । जसलाई संसदको अंकगणितले उत्पन्न स्वभाविक परिस्थितिका रुपमा हेर्न सकिने विश्लेषणका बिच राष्ट्रियसभा सदस्य निर्वाचनसँगसमेत यसको कनेक्सन जोडिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालको एक बर्षे रेकर्ड मनाँउदै गर्दा गठबन्धनबारे भने शंका सुरु भएको छ । बढ्दो अराजकता, साम्प्रदायिक तथा धार्मिक कलह र एकपछि अर्को काण्डका कारण यो सरकारको वास्तविकता प्रष्ट भएको एमालेको आरोपका बीच सत्तारुढ दलहरुकै नेता गठबन्धनको भविष्यमाथि शंशकित देखिएका छन् ।

कांग्रेसभित्र देखिएको गुट विद्रोहदेखि संसदमै घेराबन्दीमा परेको र नागरिकमा आशा देखाउन भएपनि केहि परिवर्तन आवश्यक रहेको विषय त यसै पनि उनीहरुका लागि टाउको दुखाई बनिरहेको छ । यहीबीचमा नजिकिँदै गरेको राष्ट्रिय सभा सदस्य निर्वाचन आफ्ना लागि कोशेढुङगा सावित हुनसक्ने आशमा एमाले छ । यहि गठबन्धन कायम रहे २० वटै सिटमा जित हात पार्न सकिने अवस्थाले सत्ता सहयात्री दलहरु बढी भाग दाबी गर्ने रस्साकस्सीमा छन् । फलत ः भाग नपाए नयाँ विकल्प रोज्न सकिने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संकेत गरिसकेका छन् ।

यहि कारण राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गठबन्धनको विकल्प खुला नै राख्ने रणनीति एमालेले लिएको छ । यसका लागि जसपा र राप्रपासंग छलफल गर्ने बाटोमा एमाले छ । जहाँ यो संख्याले जित नै पक्का हुने नभएपनि जसपाको प्रवेश आफ्ना लागि गठबन्धन फुटाउने प्रस्थानविन्दु हुनसक्ने आशामा एमाले देखिन्छ । यसैमा खेलेर दवाव बढाउने बाटोमा जसपा अध्यक्ष यादव देखिएका छन् । यहि कारण उनी सरकारमाथि प्रश्न मात्र उठाइरहेका छैनन् सरकारले सहि बाटो नसमाते पर्खिएर बसिरहने अवस्थामा नभएको भन्दै घुमाउरो जवाफ दिएका छन् ।

यता यसले समाजवादी मोर्चामा समेत प्रहार हुने डरमा सत्तामा समेत रहेको दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल देखिन्छन । त्यस्तै पक्राउ पुर्जी जारी भएर विच्किएका नेकपा महासचिव नेत्रविक्रम चन्द भागी हाल्ने ठाँउ नभएपनि उत्पन्न हुने राजनीतिक परिस्थिती फरक किसिमले विकसित हुने डरमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल देखिन्छन । तर परिवर्तन उल्टाउन विदेशीहरुले षडयन्त्र गरिरहेको बताँउने प्रधानमन्त्री प्रचण्ड भने वाहिर गठबन्धन पाँचबर्ष टिक्ने दावी गरिरहेका छन ।

माओवादी केन्द्रको ‘जनतासँग अन्तरक्रिया कार्यक्रम’लाई सम्बोधन गर्न गोरखाको बारपाक सुलिकोट पुगेका प्रधानमन्त्री प्रचण्डले गठबन्धन नफेरिने बताएका हुन्। एक वर्षे कार्यकालमा गठबन्धन सरकारको केही रेकर्ड कायम हुने काम भएको बताउँदै प्रधानमन्त्रीले बाँकी चार वर्षमा धेरै राम्रा काम गर्ने दाबी गरेका हुन । परिर्वतन विरोधीहरूले सरकार, गठबन्धन र प्राप्त उपलब्धिविरूद्ध षड्यन्त्र गरिरहेको बताँउदै उनले त्यसकै कारण अँध्यारो मात्रै देखाउने काम गर्न खोजिएको उनले चर्चा गरेका हुन । यद्यपि, त्यस्ता षड्यन्त्र र परिर्वतनविरोधी अवरोध छिचोल्न सरकार सफल बनेको उनको भनाइ छ ।

हुन त दुई ठूला पार्टीलाई माथ खुवाँउदै तेश्रो शक्तीले देश हाकिरहँदा अस्थिरताको प्रश्न उठ्नु अस्वभाविक होइन । संसदीय अंकगणित नै आशंकाको आधार बन्दा यसलाई देखाएर बार्गेनिङ गर्ने अस्त्र समेत सत्तारुढ दलहरुले नै प्रयोग गरिरहेका छन् । फलत ः अहिले देखिएको चर्चा यसैको उपज त हैन भन्ने आशंका गर्ने ठाँउ रहे पनि गठबन्धन परिवर्तन गरिरहने यादवको चरित्रले बेवास्ता नै गरेर अघि जान सक्ने अवस्थासमेत देखिँदैन । त्यस्तै देशमा स्थिर सरकारको दाबी गर्ने र मौका पर्नासाथ गठबन्धन फुटाउन लाग्ने प्रतिपक्षीको कथित स्वभाविक धर्म समेतले गठबन्धनको भविष्यमाथिको आशंकालाई बलियो बनाइरहेको छ ।