Breaking

राष्ट्रपति पौडेल आज बागलुङ जाँदै, बागलुङ महोत्सव उद्घाटन गर्ने


काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ जाँदै छन् । गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक, व्यापार मेला एवं सातौँ बागलुङ महोत्सव उद्घाटनका लागि उनी त्यहाँ जाने भएका हुन् ।

राष्ट्रपति पौडेलले महोत्सव उद्घाटनका साथै बागलुङ कालिका मन्दिरको दर्शन गर्ने तथा र शालिग्राम संग्रहालय अवलोकन गर्ने कार्यक्रम छ ।

पुस २१ गतेसम्म चल्ने बागलुङ महोत्सवमा १२० भन्दा बढी स्टल रहने र झन्डै सात लाख दर्शकले अवलोकन गर्ने आयोजक बागलुङ उद्योग वाणिज्य संघको अनुमान छ ।

संघका अनुसार महोत्सवमा खुला रिले दोहोरी तथा लाइभ दोहोरी गीत, खुला महिला तथा पुरूष भलिबल प्रतियोगिता, खुला भजन प्रतियोगिता र युवा उद्यमी सम्मेलनलगायत गतिविधि हुनेछन् ।