अन्तर्राष्ट्रिय

एक नेपालीले खाए ४ भारतीय प्रहरीको जागिर, हिरासतबाटै भागे (भिडियोसहित)

भारतीय प्रहरीको बिचल्ली


काठमाडौँ – लागुऔषधसहित पक्राउ परेका दुई नेपालीमध्ये एक जना प्रहरी हिरासतबाट भागेपछि भारतको बिहारमा चार जना प्रहरी अधिकारी निलम्बनमा परेका छन् । पूर्वी चम्पारणका एसपी कान्तेस कुमार मिश्राले दुई सब इन्स्पेक्टरसहित चार जनालाई निलम्बन गरेका हुन् ।

मानव सभ्यतामा लागुऔषधको उत्पादन र प्रयोग जे जसरी जुन प्रयोजनबाट सुरुवात भएता पनि हाल आएर विश्वका सबै मुलुकहरुले यसको उत्पादन, ओसारपसार र प्रयोगलाई गम्भीर र मानवीय अपराधको रूपमा लिएको छ । आतंकवाद जस्तै गम्भीर प्रकृतिको अपराधको सूचीमा सूचीकृत यो लागुऔषध अपराधसँग निकट अन्य संगठित अपराधहरू, मानव तस्करी, अवैध हातहतियार र अन्तर्राष्ट्रिय आतंकवादका गतिविधिसमेत क्रमिकरुपमा विश्वभर बढ्दो छ । सुरुका दिनहरूमा यसलाई कुनै एक राष्ट्र विशेषको समस्या र चासोको विषयका रूपमा लिने गरिए पनि हाल आएर लागु औषध अपराधलाई विश्वका सबै राष्ट्रले सामूहिक चिन्ता र चासोको विषय बनाएका छन् ।

यसको दुस्प्रभावबाट सिंङ्गो राष्ट्रको समग्र आर्थिक, सामाजिक, नैतिक, साँस्कृतिक एवं आम जनस्वास्थ्यका क्षेत्रमा तात्कालीन र दीर्घकालीन नकारात्मक असर पार्दछ । पछिल्लो समय यसलाई विश्वको साझा समस्याको रूपमा लिई सबै राष्ट्रहरू मिली साझा नीति तथा कार्यक्रम बनाई नियन्त्रणका प्रयास गरिंदै आइएको छ । तथापि, विश्वमा यसको उत्पादन तथा दुरुपयोग निरन्तर बढिरहेको छ । यतिबेला छिमेकी मुलुक भारतमा लागु औषधको व्यापार व्यापक रूपमा बढ्दै गएको छ ।

भारतमा पछिल्लो पटक लागुऔषध ओसारपोसारमा नेपालीहरुको पनि भूमिका देखिएको छ । लागुऔषध ओसारपोसारमा संलग्न २ नेपालीले भारतका चार प्रहरीको जागिरसमेत चट पारेको समाचारहरु बाहिरिन थालेसँगै लागुऔषध ओसारपसारमा नेपालीको भूमिका देखिन थालेको हो । लागुऔषधसहित पक्राउ परेका दुई नेपालीमध्ये एक जना प्रहरी हिरासतबाट भागेपछि भारतको बिहारमा चार प्रहरी निलम्बनमा परेका छन् । पूर्वी चम्पारणका एसपी कान्तेस कुमार मिश्राले दुई सब इन्स्पेक्टरसहित चार जनालाई निलम्बन गरेका हुन् ।

प्रहरी कार्यालयका स्टेसन हाउस अफिसरलाई कारण देखाऊ नोटिस पनि पठाइएको छ । नेपालको पर्सा जिल्लाका सुदर्शन साह र लालबाबु ठाकुरलाई रामगर्वाह प्रहरीले हरिशंकर वर्मा कलेज नजिकैबाट ७.४७ केजी गाँजासहित पक्राउ गरेको थियो । दुई जनालाई मोतिहारीस्थित अदालतसामु उपस्थित गराउन लैजाँदै गर्दा सगौलीमा दुईजना भागेका थिए ।

दुईमध्ये ठाकुरलाई पक्राउ गरिए पनि साह भने त्यहाँबाट फरार भएको भारतीय प्रहरीले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ । निलम्बनमा पर्ने प्रहरी अधिकारीहरूमा सब इन्स्पेक्टर अकसम अनसारी र हरेकृष्ण सिंह यादव तथा कन्सटेबलद्वय चन्दन कुमार र शालिग्राम कुमार छन् । निलम्बनमा परेका प्रहरी अधिकारीमाथि अनुसन्धान भइरहेको र फरार नेपालीको खोजी भइरहेको भारतीय प्रहरीले जनाएको छ ।