काठमाडौँ — आफ्नो कार्यकालको एक वर्ष पुरा भएको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार देशवासीका नाममा सम्बोधन गरेका छन् । सिंहदरबारबाट गरिएको सम्बोधनमा प्रधानमन्त्रीले एक वर्षमा आफ्नो सरकारले हासिल गरेका उपलब्धिहरूको फेहरिस्त प्रस्तुत गरे ।
उनले आफू रिपोर्ट कार्डसहित जनतासामु उपस्थित भएको बताए । उनले भने, ‘सरकार गठनसँगै मेरो प्रतिबद्धता थियो, म सार्वभौम संसद् र जनताबिच केवल भाषण र आश्वासन होइन, रिपोर्ट कार्डका साथ उपस्थित हुनेछु। आज नागरिकसामु प्रत्यक्ष रूपमै वार्षिक रिपोर्ट पेस गर्दै गर्दा म प्रतिरक्षात्मक छैन किनकि समष्टिगत आर्थिक परिसूचकहरू सकारात्मक छन्।’
प्रधानमन्त्री प्रचण्डले आफूले सोचे अनुरूप काम हुन नसके पनि अवस्था निराशाजनक भने नभएको प्रस्ट पारे । ‘अहिले म नेपाली समाजमा अत्यन्त चिन्ताजनक रूपमा चारैतिर हीनताबोध र नकारात्मकताको डढेलो लगाइँदै गरेको देखिरहेको छु। “सकिन्नँ, बन्दैन, हुँदैन” भन्ने नकारात्मकताले जरैदेखि समाजको सिर्जनात्मकता मारिरहेको छ। एकथरि तत्त्वले त नियोजित रूपमै यो मानसिकतालाई मलजल गरिरहेका छन्। यस्तो वातावरण बनाउने प्रयास भइरहेको छ कि देशमा सबै नराम्रो मात्र भइरहेको छ। आदरणीय जनसमुदाय, म आज यो प्रश्नबाट सम्बोधन सुरु गर्न चाहन्छु कि के देशमा साँच्चै केही नभएकै हो रु के देश पूर्णरूपमा सम्भावनाहीन बन्दै गएको हो रु,’ उनले सुरुमा नै प्रश्न गरे ।
त्यसपछि प्रधानमन्त्रीले आफ्नो कार्यकालमा भएका सकारात्मक उपलब्धिहरू एक–एक गरेर सुनाए । यस्ता छन् प्रधानमन्त्री प्रचण्डकै शब्दमा आफूले एक वर्षमा हासिल गरेका गरेका ५० उपलब्धि स्
म दोस्रोपटक प्रधानमन्त्री हुनु अघिसम्म देशमा १८ घण्टासम्मको लोडसेडिङलाई नियति मानिएको थियो जबकि ठुलो जनसङ्ख्या त्यतिखेर विद्युत्को पहुँचभन्दा बाहिर नै थियो। आज लगभग सिङ्गो देशमा विद्युत्को पहुँच पुगेको छ। वर्षायाममा पनि विद्युत् आयात गर्नुपर्ने अवस्थाबाट आज देश विद्युत् निर्यात गर्ने ठाउँमा पुगेको छ।
विगत एक वर्षमा ७०० मेगावाटसम्म विद्युत् निर्यात गरी रु। १५ अर्ब २७ करोड बराबरको विदेशी मुद्रा आर्जन गरिएको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१।२८ प्रतिशतले बढी हो।
मेरो चीन भ्रमणको क्रममा नेपाल चीन जोड्ने चिलिमे(केरुङ २२० केभी प्रसारण लाइन अगाडि बढाउने सहमति भएको छ। यो प्रसारण लाइन बन्ने बित्तिकै चीनसँग पनि हाम्रो विद्युत् व्यापारको ढोका खुल्नेछ।
तीन वर्षभित्र सम्पन्न गर्ने गरी नेपाल विद्युत् प्राधिकरणबाट १०,८०० मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत् आयोजनाको थप अध्ययन सुरु भएको छ।
१,९०२ मेगावाट क्षमताको मुगु कर्णाली जलविद्युत् आयोजनाको अध्ययन सम्पन्न भएको छ।
हाल कार्यान्वयनमा रहेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनालाई मैले सिधै पनि सहजीकरण गरिरहेको छु भने १,०६३ मेगावाट क्षमताको माथिल्लो अरुण आयोजनालाई लगानी जुटाउने कार्य अन्तिम चरणमा पुगेको छ। आउँदो दुईदेखि तीन महिनाभित्र टेस्टिङ कमिसनिङ भइरहेका थप आयोजनाहरूबाट करिब ५६४ मेगावाट उत्पादन थप हुनेछ।
हालसम्म ९,१६४ मेगावाटका जलविद्युत् आयोजनाको निजी क्षेत्रसँग विद्युत् खरिद सम्झौता सम्पन्न भएको छ जसमध्ये यस वर्षमात्र करिब २२ सय मेगावाट बराबरको विद्युत् खरिद सम्झौता सम्पन्न भएको छ।
यस वर्ष ७७६।६१ किलोमिटर कालोपत्रे सडक निर्माण भएको छ भने ५८७।५ किलोमिटर ग्राभेल सडक �


प्रतिक्रिया