Breaking

रविले दिए गृहमन्त्रीलाई चेतावनी, सहकारी काण्डबारे के बोले (भिडियोसहित)

चर्चा बटुल्ने कि काम गर्ने ?


काठमाडौँ – पछिल्लो समय जनतासामू जान राजनीतिक दलहरूले फरक शैली अपनाउन थालेका छन् । दलहरू अहिले राजनीतिक यात्रालाई विभिन्न नाम दिएर जनतामाझ पुगिरहेका छन् । यात्रामा जनतासँग झन् सम्बन्ध जोड्न सहज हुने हुँदा कोही संकल्प यात्रा त कोही पैदल यात्रा भन्दै घरघर पुग्ने थालेका छन् ।

चौतर्फी दबाब, घेराबन्दीका बाबजुद रास्वपा सरकार र ठूला दललाई दबाब दिन सडकमा निस्किएको छ । पार्टी सभापतिमाथि सहकारीमा ठगी गरेको आरोपले दबाब सिर्जना भएको अवस्थामा रवि लामिछने पार्टीका शुभचिन्तकसहित ११३ किलोमिटरको नारायणगढ–बुटवल सडकखण्ड विस्तारको कामलाई तीव्रता दिन भन्दै तीन दिने दबाब यात्रामा उत्रिएका छन् । सूर्यदर्शन सहकारीबाट पुलेसो कर्जा लिएर ऋण नतिरेको आरोप थाप्लोमा परेर आफैँ दबाबमा रहेका रवि अरुलाई दबाब दिन पैदल यात्रामा लम्किएका हुन् ।

पैदल यात्रा सुरु गर्नु अघि पत्रकार सम्मेलन गरेका रविले खोया प्रहारबाट सुरु भएको प्रपञ्च सहकारीसम्म आइपुगेको र अब कहाँसम्म पुग्ने विचार छ भन्दै गृहमन्त्रीलाई प्रश्न गरे । सुन काण्डमा आफूले दिएको प्रमाणलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्ना मान्छे जोगाउन प्रयोग गरेको बताएका उनले आफूलाई फसाउन योजनाबद्ध ढंगले लागिपरेको दाबी गरेका छन् । गृहमन्त्रीको कुर्सीमा रवि थ्रेट हुने आशंकामा नारायणकाजीले आफूलाई फसाउन खोजेको आरोप पैदल यात्रामा लम्किएका लामिछानेको छ । दुई दिन अघिमात्रै पोखरामा खोया प्रहार खेपेका रविले पैदल यात्रा निस्कनु अघि आफूलाई ठेल्न राज्य संयन्त्र नै लागिपरेको आरोप लगाए ।

उनले सरकार हात धोएर आफूविरुद्ध लागेको आरोप लगाइरहँदा पैदल यात्राको साहरा लिँदै सरकारलाई नै चुनौती दिन अघि बढेका छन् । विकल्प भन्दै पुरानासँग भिडिरहेको रास्वपा कहिले आफ्नै आन्तरिक कारण त कहिले राजनीतिक अपरिपक्वताका कारण छिन्मै विवाद, छिन्मै चर्चाको चुलीमा पुग्ने गरेको छ । तर विवाद र चर्चाको चुलिमा पुग्ने गरेको आममानिसमा भान भएपनि अझै राजनीति परिपक्कता भने नभइसकेको विश्लेषकको भनाइ छ ।

अहिले राजनीतिक दलहरु जनतासामू पुग्न जोडतोडका साथ लागि परिररहेका छन् । एमालेले १८ दिनको संकल्प यात्रा भर्खरै समापन ग¥यो, कांग्रेस पनि जिल्ला र प्रदेश सम्मेलनमा धाइरहेको छ । माओवादी पनि विधान महाधिवेशनको तयारीमा छ । त्यसैमा सदनको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि तीन दिनको पैदल यात्रा सुरु गरेको छ । जनताको समस्या बुझ्न उनीहरुसामू दलका नेताहरु पुग्नु राम्रो पक्ष हो । तर स्वार्थको राजनीतिलाई केन्द्रमा राखेर क्षणिक प्रचार तथा चर्चाका लागि मात्रै यस्ता कार्यक्रम गरिएका हुन् भने त्यसै पनि राजनीतिक दलहरुप्रति निराश आमसर्वसाधारणको अन्तिम विश्वास टुट्न कति पनि समय लाग्ने छैन ।