Breaking

प्रधानमन्त्री प्रचण्डले भोली राष्ट्रका नाममा सम्बोधन गर्ने


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले भोली( मङ्गलबार ) दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ ।

प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेका अवसरमा भएका कामका फेहरिस्त र भावी योजनाबारे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै जानकारी गराउन लाग्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रचण्डलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो ।।