Breaking

रविलाई खोया, ओलीलाई मुक्का, प्रचण्डलाई झापड, जनता किन आक्रामक ? (भिडियोसहित)


काठमाडौँ – जनताको झापडदेखि जुत्तासम्म भेट्ने नेताहरुको सूचीमा रवि लामिछाने पनि थपिएका छन् । पुराना दलप्रतिको निराशाको भोट पाएको विश्लेषणकबीच आफूलाई आशाको शक्ति दाबी गर्ने उनीमाथि खोया प्रहार भएको हो । पार्टी स्थापनाको छोटो समयमै उभार ल्याएको तथा वैकल्पिकदाबी गर्ने शक्तिमाथि किन यति छिट्टै यस्ता घटनाहरु घट्न थाले त भन्ने प्रश्न खडा गरिदिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि मुक्काप्रहारको प्रयास भएको घटना थोरै सेलाँउदै गर्दा रवि लामिछानेले खोया प्रहार भेटेका छन् । विगतमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, बाबुराम भट्टराईदेखि अन्य थुप्रै शीर्षस्थ नेताले यस्ता प्रहार भेट्दा रविपनि यो सूचीमा समेटिएका हुन् । घटनाक्रम हेर्दा स्थापनाको छोटो समयमै राष्ट्रिय पार्टी बन्न सफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने शनिबार पोखराको अमरसिंह चोकको खेलमैदानमा सभालाई सम्बोधन गरिरहेका थिए। उनी बोल्दै गर्दा सभामा सहभागीहरु हुटिङ गरिरहेका थिए। कतिपयले ताली बजाइरहेका बेलास्टेज अघिल्तिर उभिइरहेका एक व्यक्तिले मकैको खोयाले प्रहार गरे। खोयाले लामिछानेलाई नलागेपनि विकल्प दावी गर्ने शक्तिमाथि भएको यो प्रहारलाई विभिन्न कोणबाट चर्चा हुन सुरु भएको छ ।

कतिपयले रविलाई सकाउन सवैशक्ति लागिपरेको दाबी गर्दा खोयालाई घरमा सजाएर राख्ने स्वयम् लामिछाने उद्घोष गरे । तर पनि उनले आफूमाथि विभिन्न शक्तिबाट प्रहार भइरहेको बुझाईमा छन् ।एकपछि अर्को पीर, दुःख, घेराबन्दी र षड्यन्त्रको सामना गर्नुपरेको बताएका उनले अब नयाँ प्रहारहरु पनि सुरु भएको दाबी गरेका छन् । यद्यपि, आफू कुनै पनि कुराबाट पछि हट्नका लागि राजनीतिमा नआएको बताएका उनले देश र जनतालाई धोका दिनेगरी आफू राजनीतिमा नआएको जिकिर गरेका छन् ।

यता रास्वपा सभापति लामिछानेमाथि मकैको खोया प्रहार गर्ने व्यक्ति लमजुङ घर भई हाल पोखरा बस्दै आएका २८ वर्षीय सन्तोष रानाभाट रहेको प्रहरीले जनाएको छ । प्रहरीसँगको बयानमा रानाभाटले जानाजान खोया प्रहार नगरेको बताइएको छ भने प्रहारलाई क्यास गर्न लामिछाने पनि बढे संयमित भएका थिए । तरविगतमा पुराना दलका नेताहरुमाथि आक्रमणको प्रयास हुँदा आमनागरिकमा बढ्दो वितृष्णाका रुपमा हेरिने गरिएको थियो । तर के रविमाथि पनि यति छिट्ट्ै निराशा छाएको हो रु भन्ने प्रश्नसमेत यसले उब्जाएको छ । तर रास्वपाका नेता चन्दा कार्की भने यसलाई जनताको आक्रोश मान्न नहुने तर्क गर्छिन् ।

विगतमा आफ्नै गल्तीका कारण सांसद पद नै गुमाएपनि उल्टै भारी मतान्तरले जितेपछि हौसिएका रविले त्यसलाईसमेत आफैँमाथिको प्रहारका रुपमा अथ्र्याएका थिए । तर उनका कारण राज्यको खर्च भएको बारे उनको चिन्ता देखिँदैन । त्यस्तै सत्तामा जान किन लालयित भए रु किन अरुले झै आफूले पनि सम्पत्ति विवरण सार्वजनिक गरेनन् रुलगायतका प्रश्न नागरिकले गर्न थालेको कुराबाट उनी बेखबर झै बनेका छन् । फलत ः यो प्रहारलाई कसैले उत्तेजित भएर गरेको कार्यमात्र मान्न सकिन्छ तरु भन्ने प्रश्नसमेत छ ।

हुन तओलीमाथि होस् या प्रचण्ड वा रविमाथि भौतिक रुपमा हुने आक्रमण भने निन्दनीय नै छ । तरमन्त्री पद खुस्ँिकदा मिडियामाथि रिस पोख्ने,बिना जिम्मेवारीकी श्रीमतीलाई पार्टीको काममा किन विदेश लगेको रुकतै विगतमा नाकको डाडी भाच्ने उनकै भाषणको यो अर्को रुप त हैन रुजस्ता प्रश्नलाई समेत उनले ध्यान दिन जरुरीछ । त्यस्तै धेरै सपना देखाउने तर काम गर्न नसक्नेमाथि नै छिट्टै निराशा बढ्ने उदाहरण माओवादीबाट सिक्नु पर्ने रविलाईभिड भेला पार्न जे पनि बोल्न नहुने रहेछ भन्ने शिक्षा खोयाले काण्डले दिएको बुझ्न जरुरी छ ।