अन्तर्राष्ट्रिय

Isreal-Hamas War : इजराजयलको जहाजमा इरानको ड्रोन हमला, युद्ध झनै चर्किने



काठमाडौँ – इजरायली स्वामित्वको जहाजलाई संदिग्ध ड्रोन आक्रमणमा निशाना बनाइएको छ । हिन्द महासागरमा इजरायली अर्बपतिको स्वामित्वमा रहेको कन्टेनर जहाजलाई इरानको समर्थन प्राप्त यमनका हुथी विद्रोहीहरूले ड्रोन हमला गरेको हो ।

गत अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु हमास समूहले प्यालेस्टाइन मुक्तिका लागि गाजा पट्टीबाट इजरायलमा रकेट ब्यारेज र सवारी साधनद्वारा ठूलो आक्रमण सुरु गर्‍यो । हमास लडाकु समूहले गरेको आक्रमणपछि इजरायलले गाजामा अहिले लगातार आक्रमण गरिरहेको छ । अक्टोबर ७ बाट युद्ध छेडिएको द्वन्द्व अझै मथ्थर हुन सकेको छैन । फलत हजारौँ निर्दोष जनताले ज्यान गुमाइरहेका छन् ।

हमास इजराय युद्धले यतिबेला मध्यपूर्वको अकाशमा बारुद्धको कालो बादलले धपक्कै छोपिरहेको छ । झन्झन समस्याको बाटो लम्किरहेको इजरायल हमासको युद्ध भयावह हुने बाटोतर्फ लम्किने संकेत गरिरहेको छ । केही हप्ता अघि मात्रै इरानले अमेरिका र यसको प्रोक्सी इजरायललाई चेतावनी दिएको थियो । गाजामा मानवता विरुद्धको अपराध र नरसंहार तुरून्तै बन्द नगरे जुनसुकै बेला जे पनि सम्भव हुने र क्षेत्र नियन्त्रण बाहिर जानचेतावनी इरानले दिएको थियो ।

सधैं हमासको साथमा उभिएको इरानले हिन्द महासागरमा इजरायली स्वामित्वको जहाजमाथि ड्रोन हमला गरेको छ ।
अमेरिकी अधिकारीका अनुसारसंदिग्ध ड्रोन आक्रमणले हिन्द महासागरमा इजरायली अर्बपतिको स्वामित्वमा रहेको कन्टेनर जहाजलाई हमला गरेको हो । केम प्लूटो पानीजहाज भारतीय तटभन्दा २०० नटिकल् माइल अर्थात् ३७० किलोमिटर पर हुँदा शनिवार स्थानीय समय अनुसार १० बजे उक्त घटना भएको थियो । त्यसपछि सो पानीजहाजमा लागेको आगो निभाइएको थियो । कोही पनि उक्त आक्रमणमा घाइते नभएको जनाइएको छ । हालैका दिनहरूमा लाल सागरमा इरानको समर्थन प्राप्त यमनका हुथी विद्रोहीहरूले निरन्तर रकेट तथा ड्रोन आक्रमणहरू गरेका छन् ।

यमनको अधिकांश हिस्सा नियन्त्रणमा लिएको उक्त विद्रोही समूहले गाजामा युद्धले निरन्तरता पाइरहेकमाले इजरायलसँग सम्बन्धित पानीजहाजलाई निशाना गरिरहेको दाबी गर्दै आएको छ । आक्रमणको उच्च जोखिमका कारण कैयौँ ठूला विश्वव्यापी मालवाहक पानीजहाज समूहहरूले लाल सागरमा आफ्ना गतिविधि बन्द गरेका छन् । यो हमलाले हमास इजरायलको युद्धसंग जोडेर हेरिएको छ । यदि इरानले इजरायली स्वामित्वको जहाजमाथि यसरी आक्रमण गर्दै जाने हो भने मध्यपूर्वको स्थिति निकै भयानक हुने सम्भावना छ ।