Breaking

संकल्प यात्राले सम्मृद्धिको प्रयासलाई असाधारण बल दिएको ओलीको दाबी


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले गरेको सम्मृद्धिका लागि संकल्प यात्राले सम्मृद्धिको प्रयासलाई असाधारण बल दिएको बताउनुभउको छ ।

आज पार्टी कार्यालय च्यासलमा झुलाघाट–चिवा भञ्ज्याङ संकल्प यात्राबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँ पछिल्लो नेपालको राजनीतिले अस्थिरता र निराशा जनतामा आइरहेको अवस्थामा यात्राले नैराश्य भावलाई चिर्ने काम गरेको बताउनुभयो । राजनीतिलाई हिंसा,उत्तेजनालगायतका प्रवृतिलाई यात्राले निस्तेज पारेको ओलीको दाबी छ ।

अध्यक्ष ओलीले यात्राका क्रममा देखिएको उत्साहले पार्टीले लिएको उदेश्यलाई असाधारण ढंगले बल दिएको बताउनुभयो ।