Breaking

मीन घलेको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मीन घलेको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालिएको छ ।

१४ किलो सुन तस्करी प्रकरणमा गठन भएको छानबिन समितिले उक्त निष्कर्ष निकाल्दै प्रतिवेदन बुझाएको छ । समितिले घलेले दुवईमा तथाकथित अंकित अग्रवाल नाम गरेको व्यक्तिसँग सम्पर्क राखी नेपालमा सुन तस्करी गर्न चाँजोपाँजो मिलाउने गरेको निष्कर्ष निकालेको छ ।

घले स्वयं तथा चन्द्र घले र कृष्ण कुमार श्रेष्ठ समेतले पटक–पटक दुवईबाट सुन लिई आउने गरेको अनुसन्धानबाट खुल्न आएको समितिको भनाइ छ । यस्तै मीन घलेले एयरपोर्टको सेटिङ मिलाउन डिवी भनिने दन बहादुर गुरुङ्गलाई प्रयोग गरेको देखिन आएको पनि समितिको ठहर छ ।

गत मंसिर २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित गोरखा, बारपाकका चन्द्र घलेको पक्राउ परेका थिए ।