Breaking

देउवाले सत्ताका लागि मुख खोले, प्रचण्ड छोड्ने, ओली बोक्ने ? (भिडियोसहित)

अब देउवा प्रधानमन्त्री ?


काठमाडौँ – राष्ट्रिय राजनीतिमा अनेक उतरचढाप आउदा सरकारको विषयमा मौनाता साँधेका कांग्रेससभापति शेरबहादुर देउवाले अन्ततः मुख खोलेकाछन् । कांग्रेस बाग्मती सम्मेलनलाई सम्बोधन गर्दै देउवाले सरकार फेरबदलको संकेत गरेकाछन् । के अब प्रचण्डको सत्ता यात्रा संकटतर्फ उन्मुख भएको हो ?

तोलाको जिब्रो फड्कार्नु भन्दा धार्नीको टाउको हल्लाउनु बेस सम्झिने कांग्रेस सभापति शेरबहादुर देउवा हमेसी बोल्दैनन् । तर जब देउवा बोल्छन् तब रफादफा हुने गरेर बोल्छन् ।

सरकारको विषयमा बढो विचित्रको मौनता साधेका देउवाले शनिवार कांग्रेस बागमती सम्मेलनलाई सम्बोधन गर्दै लामो समयको ब्रत तोडेकाछन् । देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई झस्का पस्ने गरी सरकार फेरबदलको संकेत गरेकाछन् । उनले मुलुक संकटमा धकेलिएको भन्दै कांग्रेसले नेतृत्व गर्नु पर्ने बेला आएको दाबी गरेकाछन् ।

देउवाको बलमा देशको शासन सत्ता सम्हाली रहेका सत्ता गठबन्धन दल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको कुर्सीबाट ओराल्नु पर्ने आवाज कांग्रेस भित्र ठूलो छ । तर देउवाको बोली नफुट्दा अरु चिच्याएर पार नलागेको यो विषयमा देउवा स्वयम आफैले सरकारको नेतृत्व गर्ने चाहाना देखाएपछि प्रचण्डको सत्ता डगमगाएको विश्लेषण सुरु भएको छ । एकातर्फ प्रचण्डले अब सरकारमा आफु एक वर्ष रहने दाबी गरेकै बेला देउवाको बोली फुटनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

अहिलेको राजनीतिक उलटपुलट भए राष्ट्रिय सभामा माओवदी रित्तो हुन सक्छ । क्षेपारोको जस्तो रंग फेरेर घरी देउवा र घरी एमाले अध्यक्ष केपी शर्मा ओलीको कित्तामा उभिएर ढुलुमुले चालले प्रधानमन्त्री भएका प्रचण्डलाई एमाले र कांग्रेस मिलेर बाहीरै राख्न सक्ने अर्थमा पनि हेरिएको छ ।

सरकारमा माओवादीको भन्दा आफ्नो मन्त्रीको संख्या धेरै भएको तर सस्तो लोकप्रियताका लागि केही जस लिने कुरामा माओवादीले एकलौटी गरे जस्तो गरेर प्रचारबाजी गरेको भन्दै कांग्रेसभित्रैको ठूलो तप्काले प्रचण्डको बहिर्गमन चाहेको छ । यो मामलामा कांग्रेसको इतरपक्ष शेखर र गगनपनि सुरुदेखिनै असन्तुष्टछन् । गगनले शुक्रबार उदयपुर पुगेर बोल्ने मात्रै नभई देशका लागि काम गर्ने प्रधानमन्त्री चाहिएको भन्दै अब सोच्ने बेला आएको बताएकाछन् ।

गगनहरुको बोलीमा देउवाले लोली मिलाईदिएपछि प्रचण्ड सरकारको दिनगन्ती सुरु भएको छ। प्रचडको सत्ताको साँचो देउवाकै हातमा छ । देउवाले चाहेको खण्डमा प्रचण्ड छिनमिनेटमा सत्ताबाट बाहिरीने पक्का छ । तथापी प्रचण्ड पनि राष्ट्रीय राजनीतिका कच्चा खेलाडी होईनन् । पहिलो र दोस्रो दललाई पाखा लगाएर छलाङ मार्दै तेस्रो पार्टी बाट प्रधानमन्त्रीमा ह्याट्रिक गरेका उनले पनि सहजै बाईवाई गर्ने छाट देखिदैन । प्रधानमन्त्री जोगाउन धेरै मन्त्रीको कुर्वानी दिएका उनले सत्ता टिकाउनकै लागि देउवा परिवारमा आएको ठूला उल्झनमा काँध थापेकाछन् । उनले देउवा पत्नि आरजुका विषयमा पछिला विवादको जस आफुले खेपेर गुण लगाएको गाईगुई छ । त्यही भएर पनि देउवा तत्कालै उनलाई चिढ्याएर सत्ताबाट गलहत्याउने पक्षमा छोइनन् ।

यति त्यस्तो परिथिती आए वा, प्रचण्डले प्रधानमन्त्री छोडेर देउवाले नेतृत्व गर्ने अवस्था आए माओवदी कांग्रेस मन्त्री मण्डलमा सामेल हुन्छकी हुँदैन भन्ने अर्को प्रश्न जिवित छ । यद्यपी प्रचण्डले केही दिन अघि मात्रै गेर बदलेर फरक कोर्ष गर्न खोजेको संकेत गरेकाछन् । यसले पनि प्रधानमन्त्रीनै नफेरिए पनि मन्त्री फेरबदलको संभावना बलियो छ ।

यता प्रमुख प्रतिपक्ष दल एमाले पनि जोखाना हानेर बसेको छ। प्रचण्डलाई तह लगाउन पटक–पटक देउवासंग कुम जोड्न तयार भएका ओली अहिले मौन छन् । देउवाको ग्रिन सिंगल नपाएर लत्रिएको एमालेले यही मौकामा खेल्न सक्ने एकाथरीको बुझाई छ ।

झुलाघाट–चुवाभञ्ज्याङ यात्रा सकेर थकाई मारीरहेका ओली र एमाले जनको मौनताका बीच देउवाले सरकारको नेतृत्व गर्ने चाहाना व्यक्त गर्नुले भित्रभित्रै केही खिचडी पाक्दैछकी भन्ने शंकाको दृष्टिले हेर्न थालिएको छ ।