Breaking

कांग्रेसमा फेरि भाडभैलो : देउवा–शेखरमाथि कार्यकर्ता खनिए, पार्टी छोड्ने र निस्क्रिय हुने बढे (भिडियोसहित)

????????? ???????????? ???????????? ?

योहो संवाददाता

काठमाडौँ – नेता कार्यकर्ता र शुभचिन्तकमाझ उर्जा थप्ने उदेश्य सहित नेपाली कांग्रेसका नेता–कार्यकर्ता देश दौडाहमा छन् ।

केन्द्रिय नेताहरु लावलस्कर नै लागेर तल्लो तहमा पुगी रहेका छन । तर विडम्बना संगठन सुधार र सकरात्मक उर्जा प्रवाह गर्न आयोजित कांग्रेसको सम्मेलन ठिक विपरित देखिएको छ । पार्टी सत्तामा हुँदा समेत निरिह कांग्रेस कार्यकर्ता देश दौडाहमा वरिष्ठ र वरियताका विषयमा केन्द्रिय नेताहरुले देखाएको रबैयाले पार्टी नेतृत्वसँगै थप रूष्ट छन् ।

संसदको ठुलो दल, सत्ताको सुविधामा रहेर पनि नेपाली कांग्रेसभित्र , पार्टी सभापति शेर बहादुर देउवा र उनका केहि थान आसेपासे बाहेक अधिकांश पार्टीपंक्ति असन्तुष्ट छन । कांग्रेसीहरुको ठूलो खेमा नत, सत्तासंग नत, नेतृत्वसंगै खुसीहुन सकेकोछन् । गुटगत राजनिित र नेता कार्यकर्तालाई काखापाखा गर्ने परीपाटीले भाडिएको कांग्रेस भित्रको अन्तरसंघर्ष पछिलो गतिविधीले झनै छताछुल्ल भएको छ ।

नेता कार्यकर्तामाझ सकरात्मक उर्जा प्रवाह गर्ने उदेश्य सहित संगठन सुधार गर्ने भन्दै प्रथम प्रदेश सम्मेलन मार्फत तल्लो तहमा नेता–कार्यकर्तामाझ पुगेका केन्द्रिय नेतृत्वको रवैयाले कांग्रेसभित्रको असन्तुष्टि झनै सहतमा आएको छ ।केही नेता एकअर्कामा बोलचालत परकै कुरा पिठ्यु फर्काएर बस्न थालेकाछन् ।

पार्टीको कार्यक्रममा व्यक्तिगत राजनीतिक विरासतको खोजीदेखि वरियतामा विवाद झिकेर मञ्च छाडेर दर्शक दिर्घमा बस्नेदेखि कार्यक्रम नै बहिष्कार गर्दै रमिता देखाएको कांग्रेसको जारी प्रदेश सम्मेलन बाग्मतिमा पुग्दा पनि रमिता विहिन रहन सकेन । शनिवार काठमाडौँमा आयोजित बाग्मति प्रदेशको प्रथम सम्मेलनमा पार्टीसभापति शेर बहादुर देउवा र महामन्त्री विश्व प्रकाश शर्माको भाषणमै नोकझोक देखियो । पार्टीको महामन्त्री, पटक पटक माननीय बनेको क्षेत्रमा गगन थापा छुटिए ।

काठमाडौं क्षेत्र नम्बर ४ मा आयोजित कार्याक्रममा गगनको अनुहार कतै क्यामेरामा कैद भएको पाइएन । अघिलो दिन उदयपुरको जिल्ला सम्मेलनमा पुगेका गगन आज आफ्नै निर्वाचन क्षेत्रमा नदेखिनुलाई सामान्य रुपमा हेरिएको छैन । यसलाई आफ्नै क्षेत्रमा गगन विरानो बनेको रुपमा अर्थयाइएको छ । प्रदेशको सम्मलेनमा नेता कार्यकर्ताले आफुहरुलाई हतियार विहिन र निरिह बनाएको रोइलो गरेपछि उनीहरुकै पक्षमा महामन्त्रीहरुले आवज मात्र उठाएका छैन । आफ्नै सरकारको सिंहदरवार घेर्ने धम्कि नै दिईरहेका छन ।



कांग्रेसको जारी प्रदेश सम्मेलनमा नुवाकोटमा अर्जुन नरसिंह के.सीलाई ठुलो वरियतामा राखेको, मधेश प्रदेशमा आशन ग्रहणमै कुरा नमिल्दा विमलेन्द्र निधिले मञ्च बहिष्कार गरेर दर्शकदिर्घमा बसेको देखि कांग्रेस संस्थापनइतर शेखर कोइराला समूहले कार्यक्रम नै बहिष्कारले कांग्रेसको भित्री कलह बाहीरै छरपस्ट भएको छ ।

ठुलो पार्टी कांग्रेस भित्रको गुट–उपगुटको राजनीतिलाई मात्र देखाएन आम काग्रेसी जनमा निरासा छाएको छ । तल्लो तहका नेता कार्यकर्तामा तनाव बढेको छ । केन्द्रिय नेतृृत्वको राजनीतिक प्रवृत्ति तल्लो तहसम्म पुग्ने चिन्ता कांग्रेस कार्यकर्तालाई छ । कांग्रेसलाई कलहबाट जोगाउन केन्द्रित नेतृत्व तत्काल सुध्रिनु पर्ने उनीहरुको माग छ । पार्टीमा नीति भन्दा व्यक्ति हावी भएको भन्दै उनीहरु पार्टी नेतृत्वसँग आजित मात्र भएको छैन विभाजनको मनस्थितिमा पुगेका छन ।

यी सबै परिदृश्यमा जानकार पार्टी सभापति शेर बहादुर देउवा पार्टी एकतावद्धको दन्तबजान गरिरहेका छन । गुट–उपगुट र संस्थापन इतरको विद्रोह र अभिव्यक्तिपछि पार्टीपंक्तिलाई आफूहरु नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउन थालेका छन ।

नेता कार्यकर्ता फकाउन तल्लो तहमा पुगेका कांग्रेस नेताहरु प्रत्येक प्रदेशमा विवाद रहित बन्न सकेनन् । कांग्रेसीजन रिझाउन लावलस्कर लागेर तल्लो तहमा पुगेका केन्द्रिय नेताहरु एक–अर्कालाई खुल्याउन उदत्त छन । आफु मिल्न नसकेको ठुलो पार्टी कांग्रेस अरुलाई मिलाएर सत्ता नेतृत्व गर्ने सम्मुखमा छ ।