Breaking

खोया खाएरै मन जिते रविले, युवासँग भेट, गृहलाई निर्देशन, खोयाभित्र लुकेको राजनीति (भिडियोसहित)

रविलाई खोया हान्ने को हो ?


काठमाडौँ – जनताको हुट हुटी बनेर सदनको चौथो ठूलो दल बनेको रास्वपाका सभापति रवि लामिछानमाथि आक्रमण भएको छ ।

सयौंको संख्यामा उपस्थित पार्टीको शुभचिन्तककै सामू पनि आफूमाथि भएको आक्रमणलाई स्वीकारेका रवि पनि त्यही बाटोमा अघि बढेको चर्चा सुरू भएको छ ।

रवि लामिछाने– परिचयका लागि उनको यति नाम काफी छ । अक्सर भीडमा रविलाई हाईहाईको स्वाद लिइरहेका रविलामिछाने शनिवार एकाएक पोखरामा भने त्यही भीडको शिकार भए । जनताले पुराना नेतामाथि जुत्ता मुक्का र कुर्सी बोतल हानेको घटना नौलो नभए पनि राजनीतमा उभार ल्याएका रविपनि पनि अब यो घटनाबाट अछुतो रहेनन् ।

छ महिनाको छोटो समयमा नै नेपाली राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेमाथि जुठो खोया प्रहार भएको छ । पार्टीको कार्यक्रममा सहभागी हुन पोखरा पुगेका लामिछानेलाई सभामा बोल्दै गर्दा कार्यक्रममा उपस्थित एक व्यक्तिले खोया प्रहार गरेका छन् ।

पत्रकारिताबाट राजनीतिमा होमिएका रविलाई जनताले केही गर्ने हुटहुटीसहित पाँच महिनाको अवधिमा दुई पटक जिताएनन् मात्रै उसकै अनुहार हेरेर राष्ट्रिय दल सहित सदनको चौथो ठूलो शक्ति समेत बनाएका थिए । तर, तिनै रविलाई शनिबार अमरसिंहचौरको खेल मैदानमा लमजुङका २८ वर्षीय सन्तोष रानाभाटले खोया प्रहार गरे ।

खोया प्रहार पछि केही आक्रोश र भावुक देखिएका रविले कोभिड र भूकम्प पीडितलाई गरेकोे सहयोग र दूर दराजमा अस्पताल निर्माणमा खटिएको उपहार पाएको भावनात्मक प्रतिक्रिया दिएकाछन् । उनले आफूमाथि प्रहार भएको खोया विश्वले प्रमाणित गरेर दिएको पत्र भन्दा पनि माथि राख्ने र उक्त खोयालाई घरको भित्तामा सजाएर राख्ने योजना समेत सुनाए ।

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले आक्रमण गर्ने युवालाई न कुनै मुद्दा न कुनै मामिला न कुनै प्रतिवाद र न कुनै प्रश्न विना स–सम्मान फुलको माला लगएर घरे छोडिदिन हुन आग्रह गरेका छन् । सधै फुलले मात्रै स्वागत नहुने भन्दै नेपाली जनताको आक्रोशको रुपमा लिएका उनले आफू असन्तुष्ट ती युवाको घर समेत जाने बताए । आफूपू्र्व गृहमन्त्रीको मञ्चबाटै सुरक्षा निकायलाई निर्देशन दिँदै विना सर्त रिहा गर्ने र उनको पक्षमा नै आफू उभिने उद्घोष गरे ।

नेपाली राजनीतिक इतिहासमा नेतामाथिको आक्रमण कुनै नयाँ होइन । यसअघि पनि प्रचण्ड, शेरबहादुर देउवा, बाबुराम भट्टराई, केपी ओली, झलनाथ खनाल जस्ता नेताले जनताको आक्रोशसहितको जुत्ता, मुक्का,कुर्सी बोतलको सामना गरिसकेका छन् । तर, वैकल्पिक भनेर आएकै नेतामाथिको जुठो खोया प्रहार भने नौलो भएको हो ।

नेपालको राजनीतिमा जनताका आक्रोशबाट आक्रमणमा परेकाहरू अधिकांश देशको नेतृत्वमा पुगेका छन् । रविमाथिको यो जुठो खोयाको आक्रमणले पनि उनीका लागि देशको बाग्डोर सम्हाल्ने बाटो खुलेको व्यङग्यतमक रुपमा टिप्पणी सुरू भएको छ ।