अन्तर्राष्ट्रिय

मोदीको खड्गो बन्दै दलित समुदायका खड्गे, राहुलको अस्त्र केजरीवालको साथ, मोदीको सत्तामा विराम ?

मोदीसँग भिड्दै खड्गे


काठमाडौँ – भारतमा अबको ४ महिनापछि आमनिर्वाचन हुँदैछ । भारतीय जनता पार्टी (भाजपा)का नेता नरेन्द्र मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने दाउमा छन् । तर शक्तिशाली मोदीलाई टक्कर दिन कांग्रेसले अध्यक्ष मल्लिकार्जुन खड्गेलाई अघि सार्दैछ । खड्गे दलित समुदायका अगुवा हुन् । सन्थाल समुदायकी मूर्मू राष्ट्रपति भएकै बखत खड्गेलाई अघि सारीनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

भारतमा अबको ४ महिनापछि आमनिर्वाचन हुँदैछ । भारतीय जनता पार्टी (भाजपा)का नेता नरेन्द्र मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने दाउमा छन् । तर यो पटक
मोदीलाई केही अहसह हुने देखिएको छ । प्रधानमन्त्रीमा तेस्रो ह्याट्रिक गर्न खोजेका मोदीको ढाको सहजै खुल्न कठिन छ । तेश्रो कार्यकालमा नयाँ प्रधानमन्त्रीमा मोदीलाई टक्कर दिन कांग्रेस आईका अध्यक्ष खड्गेको नाम प्रस्ताव गरेपछि भारतको राजनीति नयाँ तरंग पैदा भएको छ ।

इण्डिया गठबन्धनले प्रधानमन्त्रीको उम्मेदवार आधिकारिक घोषणा गर्न बाँकी छ । तथापी पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले बिहीवार राजधानी नयाँ दिल्लीमा बसेको बैठकमा कांग्रेस आईका अध्यक्ष मल्लिकार्जुन खड्गेको नाम प्रस्ताव गरेपछि भारतको राजनीति तरंगित छ । यसको पछाडीको कारण खड्केको नामलाई आमआदमी पार्टीका सांसद तथा दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालेले समर्थन गर्नुले पनि हो ।

८२ वर्षीय खड्गे दलित समुदायबाट आएका नेता हुन् । उनी ५५ वर्षदेखि भारतको राजनीतिमा सक्रिय छन् । खड्गे प्रधानमन्त्री भएमा भारतमा नयाँ इतिहास रचिने छ । किनकि, भारतले पहिलो दलित समुदायको प्रधानमन्त्री पाउनेछ । ‘इण्डिया’ गठबन्धनकै कतिपय नेताले भने खड्गेले मोदीलाई ठक्कर दिन नसक्ने बताएका छन् । यद्यपि, नयाँ इतिहास रचिनेतर्फ भने उनीहरू सकारात्मक रहेको पाइएको छ ।

प्रधानमन्त्री मोदी सगँ कँग्रेसका नेताले भिड्न नसक्ने बिष्लेषण भइरहदा भारतका पहिलो राष्ट्रपति आदिवासी नेत्री द्रौपदी मुर्मू चुनिए सगै नेता खड्केलाई निर्वाचनमा सहज हुने आकलन गर्न सकिन्छ । राष्ट्रपति मुर्मू भारतको सर्वोच्च पदमा पुग्ने आदिवासी समुदायकी प्रथम महिला पनि हुन । यसले पनि आदिबासी, दलित समुदायलाई उल्लेख्य मत आउने बिष्लेषण भईरहेको छ ।

लोकसभा चुनावको मतको बिष्लेषणमा रहेको भाजपा अहिले आम निर्वाचनको तयारीमा जुटिरहेको छ । भाजपाले यसपटक फेरि सत्ताको म्यान्डेट पाएमा मोदी लगातार तेस्रो कार्यकाल प्रधानमन्त्री बन्ने भारतका दोस्रो प्रधानमन्त्री हुनेछन् । भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरु लगातार तेस्रो कार्यकाल प्रधानमन्त्री बनेका थिए ।

भारतको केन्द्रीय शासनमा रहेको भाजपाले हिन्दी भाषी क्षेत्रका प्रमुख तीन राज्यको विधानसभा चुनाव जितेको छ । नतिजाअनुसार भाजपाले मध्यप्रदेश, राजस्थान र छत्तिसगढमा स्पष्ट बहुमत प्राप्त गरेको छ । दक्षिणी राज्य तेलंगानामा भने क्षेत्रीय पार्टी बीआरएसलाई पछि पार्दै कांग्रेस विजयी भएको छ । मध्यप्रदेशमा सरकार जोगाउँदै भाजपाले जित हासिल गरेको छ भने राजस्थान र छत्तिसगढमा कंग्रेसलाई विस्थापित गरेको छ । यो परिणामले पनि आगामि निर्वाचनमा काग्रेसले आफ्नो पकड जमाउने आकलन गरेको छ । भारतमा करिब चार महिनापछि केन्द्रीय सरकार निर्माणका लागि आमचुनाव हुँदै छ । त्यसअघि पाँच राज्यमा भएको विधानसभा चुनावको परिणामले कंग्रेससहितका प्रतिपक्षीलाई थप रक्षात्मक बनाएको छ ।

सन् २०१४ यता विभिन्न तहका चुनाव भाजपाले प्रधानमन्त्री नरेन्द्र मोदीकै नाम र चेहराको बलमा जित्दै आएको छ । लोकसभामा ठूलो सिट संख्या रहेका राज्यमा भएको जितले आगामी चुनावमा पनि भाजपाले लाभ उठाउने सम्भावना देखिएको छ ।

भाजपा मुख्यालय पुगेका प्रधानमन्त्री मोदीले अहिलेको परिणामले २०२४ को लोकसभा चुनावमा ‘ह्याट्रिक गर्ने दाबी गरेकाछन् । तथापी उनको यो रफ्तार प्रतिस्पधी खड्गे सहज नहुने विश्लेषण सुरु भएको छ। दुई पटक सतामा रहेको प्रधानमन्त्री मोदी बिरासत जोगाउन लागि परेकाछन् ।

निर्वाचनमा जित निकाल्न बिजेपी आफनो शक्ति संचय गरेको छ भने अर्काे तर्फ राजनितिको ओरालो यात्राबाट काँग्रेस जोगाउने र गान्धी परिवारको राजनीति जोगाउन क्षेत्रिय दल लाई समेत एकताबद्ध बनाएर काँग्रेस अघि बढिरहेको छ ।