Breaking

कांग्रेस बागमती प्रदेश सम्मेलन आज


काठमाडौँ – नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन आज हुँदैछ । प्रदेशको पहिलो सम्मेलनमा केनद्रित रहेको कांग्रेसले आज बागमती प्रदेशको सम्मेलन गर्न लागेको हो । सम्मेलन काठमाडौंको सुकेधारास्थित नवदुर्गा भेन्युमा हुनेछ ।

यो सम्मेलनमा स्थानीय तहलाई अधिकार सम्पन्न र थप जवाफदेही बनाउने गरी छलफल हुने कार्ययोजना छ । यसका साथै पार्टीको आन्तरिक निर्वाचन प्रणाली र राज्यको निर्वाचण प्रणालीलाई चुस्त र समावेशी बनाउने विषयमा पनि छलफल हुनेछ । यसअघि कांग्रेसले लुम्बिनी, गण्डकी र मधेश प्रदेशको सम्मेलन गरिसकेको छ ।