Breaking

कोरियन भाषा परीक्षामा १ लाख ४३ हजार जनाद्धारा आवेदन दर्ता, परीक्षा मिति भने तोक्न बाकी


काठमाडौँ – कोरियन भाषा परीक्षामा यसवर्ष १ लाख ४३ हजार जनाले आवेदन दर्ता गरेको छ । गत साउनमा अनुत्तीर्ण भएकाहरू पनि सहभागी हुँदा परिक्षार्थीको संख्या १ लाख ७५ हजार पुग्ने सम्भावना रहेको छ ।

अनलाइनबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएका कारण यसपालि अहिलेसम्मकै बढि आवेदन परेको हो ।दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट १५ हजार ८ सय ४८ नेपाली रोजगारीका लागि लैजानेछ । हाल खोलिएको आवेदनको परीक्षा मिति भने तोक्न बाकी रहेको छ ।