Breaking

विराटनगरमा राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन


काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल आज विराटनगर आउँदै छन् । नेपाल उद्योग परिसंघ कोसी प्रदेशले आयोजना गरेको प्रजातन्त्र सेनानीहरूको सम्मान तथा उद्योगीहरूको भेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पौडेल बिहान ११ बजे विराटनगर आइपुग्ने कार्यक्रम छ ।

राष्ट्रपति पौडेलले विराटनगरस्थित होटेल सिटी प्यालेसमा केही समय भेटघाट गर्नेछन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन समेत हुने संघका कोसी प्रदेश अध्यक्ष भीम घिमिरेले बताए ।

उनले भने, “कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनमा सक्रिय तथा योगदान दिएका योद्धाहरूलाइ राष्ट्रपतिले सम्मान गर्नु हुनेछ।” पौडेल आजै काठमाडौ फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।