Breaking

यी क्षेत्रमा हुनेछ आज हिमपात र वर्षा


काठमाडौँ – देशका केही भू-भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू-भागमा वर्षा र उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

विभागका अनुसार दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागले राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेशको पहाडी भू-भागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।्हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।