Breaking

मन्त्री किरातीलाई प्रश्न : क्रिसमस फेस्टिभलमा राजनीतिक भाषण किन ?


काठमाडौँ – बुधबार राजधानीमा आयोजित क्रिसमस फेस्टिभलमा बोलेको विषयलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री सुदन किराती विवादमा परेका छन् ।

उनले क्रिश्चियन नमान्नेहरु संविधान विरोधी हुन् भनी दिएको अभिव्यक्तिको विभिन्न राजनीतिक दलका नेताले आपत्ति जनाएका छन् । मन्त्री किरातीले भने आफूले नेपालको संविधान मान्नेले सबै धर्म मान्नेलाई समान व्यवहार गुर्नपर्छ भन्ने अर्थमा त्यस्तो अभिव्यक्ति दिएको प्रष्टीकरण दिएका छन् ।