काठमाडौं — प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको रेकर्ड सिस्टममा कुनै त्रुटि नरहेको दावी गर्नु भएको छ । भावी प्रधानसेनापतिको रोलक्रममा ल्याउने गरी रथीमा बढुवा गर्न लागेका बेला उमेर विवादमा परेपछि राजीनामा दिएका ताराध्वज पाण्डेको जन्ममितिमा पनि कुनै त्रुटि नभएको बताउनु भयो ।
आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सेनापति शर्माले नेपाली सेनालाई कमजोर बनाउन गिरोह लागेको बताउनु भयो ।
सेनापति शर्माका अनुसार अरु निकायमा जस्तै सेनामा पनि जागिर खाने क्रममा उमेर प्रमाणित गर्न एसएलसीको प्रमाणपत्र, नागरिकता र क्यारेक्टर सर्टिफिकेटलाई हेर्ने गरिएको छ । ‘सम्बन्धित निकायले नलिई नेपाल आर्मीले न्वारान गर्दैन । नेपाल आर्मी न्वारान गर्ने संस्था होइन ।
अहिले बढुवा सिफारिस गर्नुअघि पनि त्यही तीन कागजमा भएको उमेर पुनः परीक्षण गरिएको थियो । पाण्डेको नागरिकता जारी भएको जिल्ला प्रशासन कार्यालयमा दुई पटक चिठ्ठी लेखेर सोधेको भन्दै उहाले भन्नुभयो , ‘जिल्ला प्रशासन कार्यालयले पूरै ठिक छ भनेर पठाएको छ ।
सबैतिरबाट ठीक छ भनेर आएपछि पनि नेपाली सेनामा भर्ना हुने क्रममा लेखेको फारमसँग पनि भिडाएर हेरेको उहाले सुनाउनु भयो ।
तर कलेजको रजिस्टरको एउटा अंशलाई देखाएर उमेर विवाद उछालेको उहाकोको दावी छ । २०७६ सालदेखि कसैले उपलब्ध गराएको अधुरो कागज देखाएर विवाद सिर्जना गरेको भन्दै सेनापति शर्माले भन्नु भयो, ‘पछाडिसम्म भएको संशोधित मिति समेत भएको कोसित छ रु त्यो देखाउन म च्यालेन्ज गर्छु ।’
त्यसो भए सेनापतिको रोलक्रममा ल्याउने गरी रथीमा बढुवा हुन लागेका बेला उपरथी पाण्डेले किन राजीनामा दिए त ?
प्रधानसेनापति शर्माका अनुसार नेपाली सेनामा व्यक्तिगत गुण, बोली, कार्यसम्पादन, नेतृत्व क्षमता, पेशागत क्षमता, कार्यकुशलता हेरिन्छ । हरेक वर्ष मेडिकल जाँच हुन्छ । त्यो सबै मिलेमा मात्र प्रमोसन हुन्छ ।
‘सोल्टी होटलमा जाँड खाएर झगडा गरेको थियो कि त्यो पनि हेरिन्छ । माननीयज्यूहरुसँग झगडा गरेको छ कि ? आफ्नै सिपाहीसँग राम्रो व्यवहार गरेको छ कि छैन हेरिन्छ, उहाले भन्नु भयो , ‘त्यसै (बढुवा सिफारिस )गर्दैनौं ।’
उहाका अनुसार उपरथी पाण्डेलाई बोलाएर यस्तो विवादित भएपछि भोलि चिफ भएपछि कसरी चलाउन सक्छौ भनेर सोध्नु भएको थियो ।
त्यसक्रममा यस्तो विवादित रहेर बस्दिनँ भनेर उनले राजीनामा दिएका हुन् । ‘मैले रातभरि राखेको होइन, आधा घण्टा राखेर यस्तो विवादित भएपछि भोलि चिफ भएपछि कसरी चलाउन सक्छौ भन्दा तपाईं मेरो बाबु जस्तो मान्छे, मैले सक्दिनँ । यस्तो विवादित रहेर बस्दिनँ, छोड्छु भनेर गएको हो । यसमा कुनै अन्यथा छैन’ शर्माले बताउनु भयो ।
सिग्देलको दुई नागरिकता छ, तर गलत छैन
प्रधानसेनापति शर्माले पाण्डेको राजीनामापछि रथीमा बढुवा भएका अशोक सिग्देलको नागरिकता विवादमा पनि स्पष्टीकरण दिनुभयो । उनको दुई वटा नागरिकता भएको दावी सही भएको बताउनु भयो, तर त्यसमा कुनै त्रुटि नरहेको दावी गर्नुभयो ।
रुपन्देहीबाट लिएको नागरिकता हराएपछि जाजरकोटबाट अर्को लिएको र दुवैमा उमेर १७ वर्ष उल्लेख रहेको भन्दै उनले भने, ‘प्रतिलिपिमा पनि वर्ष १७ छ । त्यहाँ ढाटेको भए पो मैले समाउने ।’ उहाले आफूले ल्याएका दुवै नागरिकताको प्रतिलिपि बैठकको अध्यक्षता गरेका राज्य व्यवस्था समितिका सभापतिलाई देखाउनु भयो ।
सेवामा प्रवेश गर्दा नै जन्ममिति उल्लेख गर्दा आफूहरुले गल्ती गरेको भन्दै त्रिभुवन विश्वविद्याललयले दिएको पत्र पेश गरेको उआले सुनाउनु भयो । जिल्ला प्रशासन कार्यालय, जाजरकोटलाई सोधेको र एसएलसीको प्रमाणपत्र पनि परीक्षा नियन्त्रण कार्यालयबाट पुनः प्रमाणित गरेको भन्दै उआले सेनाले गरेको काम नदेखेको गुनासो गर्नु भयो ।
बढुवाका बेला आफूले पेश गरेको कागजमा कुनै ढाँटेको भए कारबाही भोग्न तयार छु भनेर कागज समेत गराउने गरिएको जानकारी दिंदै सेनापति शर्माले भन्नु भयो, ‘यति गर्दा पनि कहिलेकाहीं गाली खाइने रहेछ । यसलाई मैले प्रभुराम शर्मालाई होइन, मेरो कुर्सीलाई गरेको हो भन्ने मानेको छु ।’
सेनाको बेइज्जत गर्ने गरी एकोहोरो प्रचार गरिएको र, यसको उद्देश्य सेनाको रेकर्ड सिस्टम राम्रो छैन भनेर देखाउने भएको उआले बताउनु भयो ।
प्रधानसेनापति शर्माले अनावश्यक विवाद गर्नेलाई कारबाही गर्ने कानुन बनाउन समेत माग गर्नु भयो । उनले भने, ‘जसले विवाद ल्यायो, नेपाली सेनालाई बर्बाद गर्न खोज्यो, उनीहरुलाई कारबाही गर्ने कानुन पनि ल्याउनुपर्यो ।’
सिग्देलको दुई नागरिकता छ, तर गलत छैन
प्रधानसेनापति शर्माले पाण्डेको राजीनामापछि रथीमा बढुवा भएका अशोक सिग्देलको नागरिकता विवादमा पनि स्पष्टीकरण दिनु भयो । उनको दुई वटा नागरिकता भएको दाबी सही भएको शर्माले बताउनु भयो तर त्यसमा कुनै त्रुटि नरहेको दाबी गर्नु भयो ।
रुपन्देहीबाट लिएको नागरिकता हराएपछि जाजरकोटबाट अर्को लिएको र दुबैमा उमेर १७ वर्ष उल्लेख रहेको भन्दै उहाले बताउनु भयो, प्रतिलिपीमा पनि वर्ष १७ छ । त्यहाँ ढाटेको भए पो मैले समाउने ।’ उहाले आफूले ल्याएका दुबै नागरिकताको प्रतिलिपी बैठकको अध्यक्षता गर्दै राज्य व्यवस्था समितिका सभापतिलाई देखाउनु भयो ।
सेवामा प्रवेश गर्दा नै जन्ममिति उल्लेख गर्दा आफूहरुले गल्ती गरेको भन्दै त्रिभुवन विश्वविद्याललयले दिएको पत्र पेश गरेको सुनाउनु भयो । जिल्ला प्रशासन कार्यालय, जाजरकोटलाई सोधेको र एसएलसीको प्रमाणपत्र पनि परीक्षा नियन्त्रण कार्यालयबाट पुनः प्रमाणित गरेको भन्दै उहाले सेनाले गरेको काम नदेखेको गुनासो गर्नु भयो । हरेक प्रमोसनका बेला आफूले पेश गरेको कागजमा कुनै ढाँटेको भए कारबाही भोग्न तयार छु भनेर कागज समेत गराउने गरेको भन्दै उहाले बताउनु भयो, ‘यति गर्दा पनि कहिले काँही गाली खाइने रहेछ । यसलाई मैले प्रभुराम शर्मालाई होइन, मेरो कुर्सीलाई गरेको हो भन्ने मानेको छु ।’
‘खाली सेनाको बेइज्जत गर्ने गरी मात्र देखाएका छन् । एकोहोरो रटान बाहेक केही छैन । यो सेनाको रेकर्ड सिस्टम राम्रो छैन भनेर देखाउने तत्वहरको खेल हो ।’
प्रधानसेनापति शर्माले अनावश्यक विवाद गर्नेलाई कारबाही गर्ने कानुन बनाउन समेत माग गर्नुभयो । ‘जसले विवाद ल्यायो, नेपाली सोनालाई बर्बाद गर्न खोज्यो, उनीहरुलाई काबराही गर्ने कानुन पनि ल्याउनुपर्यो ।’
प्रतिक्रिया