बिजनेस

उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ


काठमाडौँ — सरकारले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको छ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो। जसमा प्रतिक्विन्टल ५६५ रुपैयाँ उखु मिलले किसानलाई दिनुपर्नेछ भने प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले कृषकलाई अनुदान दिने सरकारका प्रवक्ता रेखा शर्माले बताउनु भयो। उहाले बैठकमा सरकारको एक वर्षको कार्यप्रगतिबारे समीक्षा गरेको पनि बताउनु भयो।

उहाका अनुसार , ‘आजको क्याबिनेटको बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयको प्रस्तावमा उखुको न्यूनतम खरिदमूल्य जुन छ, त्यसलाई उद्योगले रु. ५६५ प्रतिक्विन्टल दिनुपर्ने कायम गर्ने निर्णय भयो। उखु कृषकलाई ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान दिने र यसरी किसानले उखुको प्रतिक्विन्टल ६३५ रुपैयाँ प्राप्त गर्ने गरेर निर्णय भएको छ।

प्रवक्ता शर्माले बैठकमा मुख्यसचिव डा। वैकुण्ठ अर्यालले सरकारका कामकारबाही तीव्र गतिमा बढाउनुपर्ने, निर्णय प्रक्रिया, ऐन, कानून निर्माणमा सुधार गर्नुपर्ने विषयमा प्रस्तुति राखेको पनि बतायउनु भयो ।