समाचार

सर्वोच्चको न्यायाधीशमा सिफारिस ६ जनाको संसदीय सुनुवाइ सकीयो


काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ६ जनाको संसदीय सुनुवाइ सकिएको छ ।


गत शुक्रबार सुरु भएको सुनुवाइ सोमबार सकिएको हो । अब उनीहरुको नाम अनुमोदनका लागि ४ पुसमा अर्को बैठक बस्ने सुनुवाइ समितिले निर्णय गरेको हो ।

न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो ।